टोकियो, जापान ।
जापानका अनुसन्धाताहरुले गाईको डकारका कारण जलवायुमा पर्ने असर कम गर्नेतर्फ काम गरिरहेका छन् । पेटमा जडान गर्ने सेन्सर विकास गर्न अनि मिथेन निकाल्ने खानेकुरामाथि प्रभावकारी रुपमा निगरानी गर्न यस्तो गर्न लागिएको हो । यो परियोजना होक्कादो विश्वविद्यालयको कृषि विद्यालयका प्रध्यापक यासुओ कोबायशीको नेतृत्वमा चलाइएको छ ।
सन् २०५० मा गाईको डकारबाट उत्सर्जन हुने मिथेन ग्यासको अनुपात ८० प्रतिशतले घटाउने यस परियोजनाको लक्ष्य छ । गाईले डकार्दा मिथेन ग्यास निस्कन्छ । विश्वव्यापी तापमान वृद्धिको मुख्य कारणमध्ये एक यसलाई पनि मानिएको छ । गाईको पेटमा खाना पचाउन ४ खन्ड हुन्छन । पेटमा भएको झन्डै ७ हजार ब्याक्टेरियाका प्रजातिहरुले घासमा भएको रेसा पचाउन काम गर्छ ।
पहिलो खन्डको नाम रुमेन यो पेटको सबैभन्दा ठूलो खन्ड पनि हो । यसमा माइक्रोबियल विघटन र फर्मेन्टेशनका कारण हाइड्रोजन उत्पन्न हुन्छ । अन्य माइक्रोबहरुले यसलाई मिथेनमा बदल्छ । गाईको डकारका कारण निस्कने हरितगृह ग्यास कार्बन डाईअक्साइडभन्दा २५ गुणा धेरै हुने बताइएको छ । एउटा गाईले वर्षभरमा १ दशमलव ७ ओटा कारले भन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्छन् ।
यस अघि भएको एउटा अनुसन्धानले भने काजुको बोक्राबाट निकालिने तेललाई गाईको दानामा मिसाउँदा हाइड्रोजनले मिथेनको सट्टा पोषक प्रोपिओनिक निकाल्ने देखाएको थियो । यसो गर्दा हरित गृह ग्यास उत्सर्जन करीब २० प्रतिशतले घट्ने देखियो । यो अनुसन्धानमा अन्य संस्थाहरु पनि आबद्ध छन् । अहिलेको अनुसन्धानमा गाईको दाना वा खानामा सीविड र वनस्पति तेल मिसाउँदा उत्सर्जन थप प्रभावकारी हुने देखिएको छ । अनुसन्धान समूहले गाईले कति बेला सबैभन्दा धेरै मिथेन उत्पादन गर्छ भन्ने हेर्न सानो सेन्सरको पनि विकास गर्न खोजेको छ । यो उपकरणलाई सन् २०३० सम्ममा गाईको पेटको माइक्रोबायल गतिविधि संकलन गर्न रुमेनमा राखिेनछ ।