टोकियो, जापान ।
हामी माया किन्न सक्दैनौं । तर माया, प्रेम, रोमान्सको खोजीका पैसा भने धेरै नै खर्च हुन्छ । तपाई र तपाईको प्रेमिका फिल्म हेर्न जाँदा होस् वा घुमिफर वा खाना खान नै किन नहोस् जे गर्दा पनि खर्च त भइहाल्छ । अनि प्रश्न उठ्छ पैसा कसले तिर्ने ?
जापानको डेटिङ एप ओमिआईले हालै प्रेमी प्रेमिका भएका २१७ पुरुष र २४७ महिलामाझ एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा उनीहरुलाई बिल भुक्तानीबारे सोधिएको थियो । महिलाहरुले पुरुषलाई नै तिरुन भन्लान् ? किशोरी र २० वर्ष उमेर समूहका महिलाहरुको धारणा के होला ? किशोरी २० देखि २९ वर्ष उमेर समूहमा पर्नेले प्रेमीले आफ्ना लागि सबै कुराको पैसा तिरुन भन्ने कमै बताएका छन् ।
उमेर समूह बढ्दै जाँदा सबै खर्च प्रेमीले नै गरोस् भन्नेको संख्या पनि बढ्दैछ । २० देखि २९ र ३० देखि ३९ वर्षको उमेर समूहमा यो अनुपात क्रमशः ११ र २१ प्रतिशत छ । ४० देखि ४९ र ५० देखि ५९ मा यो अनुपात झनै बढेर क्रमशः ३० प्रतिशत र ४४ प्रतिशतमा उक्लिएको छ । महिलाका लागि राम्रो कुरा चाँहि के पाइयो भने धेरै पुरुषहरु डेट जाँदा भएको सबै खर्च बेहोर्न इच्छुक छ । महिलाको उमेर समूहमा पैसा प्रेमिले नै तिरोस् भन्ने अनुपातभन्दा सोही उमेर समूहमा मै तिर्छु भन्नेको अनुपात धेरै पाइएको छ । ४० देखि ४९ वर्ष उमेर समूह मात्रै यसमा अपवाद रहेको छ ।
मै सबै खर्च बेहोर्न चाहन्छु भनेर बताउनेको संख्या १९ वर्षसम्मका किशोरमा १५ प्रतिशत छ । २० देखि २९ र ३० देखि ३९ मा यो अनुपात क्रमशः १६ प्रतिशत र ३० प्रतिशत छ । यो प्रवृत्तिलाई उल्ट्याउँदै ४० देखि ४९ वर्ष उमेर समूहमा भने सबै खर्च बेहोर्छु भन्ने पुरुष २६ प्रतिशत मात्रै छन् । ५० देखि ५९ उमेर समूहमा ४८ प्रतिशतले सबै तिर्ने बताए । किशोरकिशोरीहरुमा खर्च बाँडेर गर्ने भन्नेको बहुमत छ ।
४० र ५० उमेर समूहले यो आइडिया खासै मन पराएनन् । पुरुषहरुमा जति जति उमेर बढ्दै गयो उति उति खर्च बाढेर गर्न आइडियालाई धेरै रुचाएको पाइयो । डेटमा गएको बेला सबै पैसा आफैं तिर्छु भन्ने महिलाहरु पनि छन् । तर यस्तो बताउनेको अनुपात कूलमा २÷४ प्रतिशत मात्रै छ । महिलाले नै आफ्नो लागि सबै खर्च गरोस् भन्ने पुरुषको अनुपात पनि ४÷६ प्रतिशत मात्रै छ ।