(Japan) 30 th May | 2026 | Saturday | 1:17:30 AM || (Nepal) 10:02:30 PM
 
 

जापानमा नेपालीको जनसंख्या १ लाख २५ हजार नाघ्यो

Arjun Acharya   POSTED ON : Tuesday, 18 October, 2022 | Views : 5656

जापानमा नेपालीको जनसंख्या १ लाख २५ हजार नाघ्यो


टोकियो, जापान ।

जापानमा नेपालीहरुको जनसंख्या गतबर्षको तुलनामा उल्लेख्यमात्रामा बृद्वि भएको पाइएको छ । जापान सरकारको ताजा तथ्यांक अनुसार यहाँ नेपालीहरुको जनसंख्या १ लाख २५ हजार नाघेको छ । जापानमा नेपालीहरुको जनसंख्या १ लाख २५ हजार नाघेको यो पहिलोपटक हो ।

सन् २०१२ को तुलनामा २०२२ जुन महिनाको अन्त सम्ममा जापानमा बस्ने नेपालीको संख्या एक लाख भन्दा बढी ले बढेको छ । सन् २०१२ को जुन अन्तमा जापानमा २४,०७१ नेपाली थिए भने अहिले २०२२ को जुन अन्तमा आई पुग्दा यो संख्या बढेर १२५,७९८ पुगेको छ ।

जापानमा नेपालीहरू विभिन्न भिसा स्टाटसमा बस्दै आइरहेका छन् । जुन २०२२ को तथ्याङ्क हेर्ने हो भने जापान मा सबैभन्दा बढी नेपालीहरू पारिवारिक (डिपेण्डेन्ट) भिसामा बस्दै आइरहेका छन् । यस्ता नेपालीहरुको संख्या ३७,८८२ छ ।

दोस्रो नम्बर मा विद्यार्थी भिसामा बस्ने नेपालीको संख्या रहेको छ । यहाँ विद्यार्थी भिसामा ३२,३३६ जना नेपालीहरू रहेका छन् । त्यसैगरि तेस्रो नम्बरमा जापानकै विद्यालय जस्तै सेनमोन, अथवा विश्वविद्यालय उतिर्ण गरेर वा रोजगार भिसामा नै आएर कामगर्ने नेपालीहरुको संख्या २४,१२७ रहेको छ । बाँकी नेपालीहरू अन्य विभिन्न भिसामा रहेका छन् ।

यसमा जापानिज नागरिकता लिने नेपालीहरुको संख्या जोडिएको छैन । जापानको कानुन मन्त्रालयका अनुसार २०२० मा १०० जना र २०२१ मा १०८ जना नेपालीले जापानको नागरिकता लिएका छन ।