टोकियो, जापान ।
प्राविधिक विकास र दैनिक समस्याहरूको रचनात्मक जवाफका लागि प्रसिद्ध राष्ट्र जापान हो । जापानी वैज्ञानिकहरुले निर्माण गरेको एयर ड्यानशिन प्रणाली भूकम्प प्रतिरोधी प्रविधिमा सबैभन्दा उल्लेखनीय विकासहरू मध्ये एक हो ।
जापानी फर्मको यो डिजाइनले नयाँ प्रविधि मार्फत भौतिक निर्माणहरूलाई भूकम्पीय क्षतिबाट जोगाउने लक्ष्य राखेको छ । जुन हावामा तैरनेछ ।
एयर ड्यानशिन प्रणालीले भूकम्पको समयमा भवनलाई यसको जगबाट माथि उठाउँछ, जसले गर्दा भूकम्पको असर भवनमा पर्नेछैन भने भूकम्पको कम्पन भवनको तल्लो भागमा राखिएको लचिलो आधारमा मात्र पर्नेछ । जसमा भूकम्पको जतिनै ठूलो झड्का भएपनि खासै असर हुनेछैन ।
धेरै भूकम्पहरु गइरहने र शक्तिशाली भूकम्पिय जोखिमा रहेको देशको रुपमा परिचित जापानले एक दशक अघिको २०११ को तोहोकु भूकम्प र सुनामीबाट ठूलो क्षति व्यहोरेको थियो ।
लगातारको भूकम्प र क्षतिबाटै पाठ सिकेर बलियो निर्माणहरू, र ड्याम्पिङ प्रणालीहरू सहित जापानी इन्जिनियरहरू र विज्ञानको नविनतम प्रयोग गर्दै वर्षौंको मेहनतपछि जापानले निर्माण गरेको प्रविधि मध्ये एक हो । यद्यपि, यी धेरै दृष्टिकोणहरूबाट महँगो र सीमित मात्र उपलब्ध हुनसक्नेछ ।
एयर ड्यानशिन प्रणाली एक सरल तर अत्यधिक प्रभावकारी सिद्धान्तमा आधारित छ । भूकम्पको समयमा हावाको चाप प्रयोग गरेर भवनलाई जगबाट उठाउँछ । जसमा तीनवटा प्राविधिक तहहरु हुन्छन् ।
भूकम्पीय सेन्सरहरूले ठुलो कम्पन र सुनामीका छालहरु पहिचान गर्दै त्यसको असर अघिनै भवनलाई जमिनको सतहबाट माथि उठाउँछ ।
एयर कम्प्रेसरहरूले भूकम्प पत्ता लागेपछि भवन मुनि हावा छोड्छ र त्यहि हावाको चापले भवन र जग बीचको खाडल सिर्जना गर्दछ ।
एयरब्याग वा एयर कुशनहरूले भवनलाई जगभन्दा लगभग ३ सेन्टिमिटर माथि उठाउँछ । जसले भवनको जमिनसँग प्रत्यक्ष सम्पर्क टुट्छ । अर्थात् घर वा भवन जमिन भन्दा माथि हुने हुनाले जतिसुकै भूकम्प आएपनि त्यसको असर पर्दैन । यसले सामान्यतया क्षति निम्त्याउने हिंसात्मक कम्पनको जोखिम टारिदिन्छ ।
भूकम्पको कम्पन रोकिएपछि हावा निस्कने बित्तिकै भवन बिस्तारै आफ्नो जगमा फर्कन्छ। यो प्रणाली मानिसको सामान्य मात्रै सहयोगमा आफैं सञ्चालन आउँछ ।
लागत तथा भूकम्प पश्चात पुन निरीक्षण तथा समय समयमा गरिरनुपर्ने भूकम्प प्रविधिको मर्मत सम्भावको खर्च समेत यो प्रविधिले हटाउँछ । अर्कोतर्फ, एयर ड्यानशिन प्रणाली न्यूनतम मर्मतसम्भारको साथ भरपर्दो रूपमा काम गर्न डिजाइन गरिएको हुनाले भूकम्पको समयमा सबैभन्दा ठूलो चिन्ताको रुपमा रहेको घर वा कार्यालय भित्र खसेका वस्तुहरूबाट हुने क्षति, फर्निचर, उपकरणहरू र अन्य बहुमूल्य वस्तुहरूलाई पनि जोगाउन मद्दत गर्दछ ।