टोकियो, जापान ।
जापानले आइतबार H3 रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । H3 रकेटको सफलतापूर्वक प्रक्षेपण गर्दै जापानले नयाँ मिचिबिकी (Michibiki-6) उपग्रह अन्तरिक्ष कक्षमा पठाएको छ । यो उपग्रहले जीपीएस डाटा अझ सुधार गर्ने बताइएको छ।
जापानले २०२६ भित्र सातवटा Michibiki उपग्रह सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
यो बर्ष देखि थप चारवटा ब्याकअप उपग्रह निर्माण गर्ने जापान अन्तरिक्ष एजेन्सी (जाक्सा) ले जनाएको छ। हाल जापानको चारवटा Michibiki उपग्रह सञ्चालनमा छन्, जसमा हालै प्रक्षेपण गरिएको पाँचौँ उपग्रह थपिएको छ।
H3 रकेट खागोशिमा प्रिफेक्चरको तानेगाशिमा स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो।