टोकियो, जापान ।
विदेशी पर्यटकहरू र अन्य यात्रुहरुको लागि सुविधा बढाउनको लागि टोकियोमा केहि रेलवे कम्पनीहरुलक्रेडिट कार्डबाटै सिधै पैसा तिरेर रेल यात्रा गर्नसक्ने सुविधाहरु सुरुवात गरेका छन् ।
तोएई सबवे र केईक्यु रेलवे स्टेशनहरूले यात्रुहरूलाई हाल सुईका, पासोमो वा अन्य रेल यात्राको पास छोएर प्रवेश गर्ने स्थानमा सिधै क्रेडिट कार्ड
छोएर यात्रा गर्नसक्ने सुविधाको सुरुवात गरेका हुन् ।
यो सुविधा हालको लागि ३६ स्टेशनहरूमा प्रयोगको रूपमा सुरु भएको कम्पनीले जनाएको छ ।
तोएई सबवे र ओइदो लाईन र आसाकुसा लाईनमा २६ वटा स्टेशनहरुमा यो सेवा सुरुवात गरिएको छ ।
केइक्यु इलेक्ट्रिक रेलवेको हानेडा एयरपोर्ट टर्मिनल स्टेशन सहित १० स्टेशनहरू रहेका छन् । यात्रुहरूले क्रेडिट कार्ड वा स्मार्टफोनबाटै क्रेडिटकार्ड छोएरै पैसा भुक्तान गरेर सहज रुपमा रेलमा चढ्न सक्छन् ।
टोकियो मेट्रोपोलिटन ब्यूरो अफ ट्राफिकेशनले टच भुक्तानीको परिचयले यातायात आईसी कार्डहरू नभएका विदेशी पर्यटकहरूको लागि सुविधा बढाउने विश्वास गरेको छ ।
भविष्यमा सबै तोएई सबवे स्टेशनहरूमा यो सुविधा विस्तार गरिने कम्पनील लक्ष्य राखेको जनाएको छ । केइओ कर्पोरेशन र टोक्यु कर्पोरेशन जस्ता रेलवे कम्पनीहरू र बस कम्पनीहरूले यो अत्याधुविन भुक्तानी सेवालाई अपनाउन थालेका छन् ।
टोकियो मेट्रोले पनि अर्को वर्ष मार्चमा यो सेवाहरुको प्रयोग सुरु गर्ने योजना बनाएको छ ।