टोकियो, जापान ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले २० तारिख मोबाइल फोन नम्बरहरूको सूचीमा '०६०' बाट सुरु हुने नम्बरहरू थप्ने निर्णय गरेको छ । दूरसञ्चार सेवा प्रदायकहरूले समायोजन पूरा गरेपछि क्रमशः अर्को वर्षको जुलाईदेखि नम्बरहरू उपलब्ध हुने भएको छ ।
आन्तरिक मामिला र सञ्चार मन्त्रालयद्वारा टेलिफोन नम्बरहरू दूरसञ्चार सेवा प्रदायकहरूलाई तोकिएको हो । हाल जापानमा ०९०, ०८०, र ०७० बाट सुरु हुने मोबाइल फोन नम्बरहरू प्रयोगमा छन् ।
यी मध्ये ०९० र ०८० बाट सुरु हुने सबै नम्बरहरू प्रयोगमा छन् ।
स्मार्टफोन प्रयोग बृद्धिका कारण यस वर्ष सेप्टेम्बरको अन्त्यसम्म, तोकिएको बाँकी नम्बरहरू मध्ये ०७०ू बाट सुरु ५३ लाख नम्वरहरु मात्र बाँकी रहेका थिए । छिट्टै टेलिफोन नम्बरहरूको अभावको चिन्ताका बिच सरकारबाट नयाँ निर्णय आएको हो ।
यसका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले काउन्सिलमा भएको छलफलपछि सन् २०१२ पछि नयाँ नम्वर थप्ने निर्णय गरेको हो । डिसेम्बर २० तारिख भएको निर्णय पश्चात सन् २०१२ मा ०७० नम्वरहरु थप्ने निर्णय भएपछि ३६ करोड नयाँ नम्वरहरु थपिनेछन् ।
०६० बाट सुरु हुने मोबाइल नम्बरहरू जुलाई २०२६ देखि चरणबद्ध रुपमा उपलध हुनेछन् । टेलिकम्युनिकेसन क्यारियरहरूले आफ्नो तयारी पूरा गरेपछि यि नम्वरहरु विक्रिमा ल्याउन सक्नेछन् ।