(Japan) 5 th April | 2026 | Sunday | 11:29:02 AM || (Nepal) 8:14:02 AM
 
 


जापानमा रेलको भाडा बढाउने तयारी

  POSTED ON : Friday, 04 December, 2020 | Views : 5500

जापानमा रेलको भाडा बढाउने तयारी


टोकियो, जापान ।

जापानमा कोरोना महामारी यता रेलमा यात्रा गर्नेको चाप घटेको छ । त्यो आन्तरिक कारणसँगै बाहिरि पर्यटकको आगमश शुन्यमा झरेका कारण पनि हो ।

यस्तोमा इष्ट जापान रेल्वे कम्पनी ९जेआर इष्ट० र वेष्ट जापान रेल्वे कम्पनी 'जेआर वेष्ट'ले समयमा आधारित भाडा प्रणालीको सम्भाव्यताबारे जाँचिरहेको छ ।

यसमा भिडभाड धेरै हुने समयमा टिकट महँगो हुनेछ भने अरु समयमा भने भाडा सस्तो हुनेछ । यस प्रस्तावले मानिसहरुलाई कम भिडभाड भएको समयमा यात्रा गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । कम्पनीले दिनको फरक फरक समयमा फरक फरक भाडा भएको भाडा प्रणाली ल्याउने आफ्नो इच्छा भएको नोभेम्बरमा भएको एक पत्रकार सम्मेलनमा जेआर इष्टका अध्यक्ष तथा सीईओ युजी फुकासावाले बताएका थिए ।

आफूहरुले सामान्य र यात्री पास बीच भिन्नता मात्रै गर्न नखोजेर अफ–पिक सेवा पनि ल्याउन खोजेको जेआर वेष्टका अध्यक्ष तथा सीईओ काजुआकी हासेगावाले बताएका थिए । समयमा आधारित भाडा प्रणाली विमान सेवा प्रदायक उद्योगमा भने निकै प्रयोग हुन्छ । तर रेल्वेमा भने खासै प्रयोग भएको पाइएको छैन । तर पछिल्लो समय रेलमा भिडभाड कम गर्ने पट्टि बढी चासो दिइएकोछ ।

भाडा सस्तो भयो भने मानिसहरु यात्राको समय परिवर्तन गर्न प्रेरित हुनेछन् । कार्य शैलीमा आएको परिवर्तनसँगै रेल सेवाको माग घटेको छ । यही परिवर्तनलाई दृष्टिगत गरेर जेआर इष्ट र जेआर वेष्टले नयाँ भाडा प्रणाली ल्याउन खोजेका हुन् ।

यो प्रणाली कार्यान्वयन भयो भने रश आवरमा रेलको भाडा सबैभन्दा महँगो हुनेछ । तर यो अहिलेको भन्दा पनि महँगो हुन्छ त रु यात्री पासको भन्दा थोरै बढी महँगो हुन सक्ने फुकासावाले बताएका छन् ।

कम्पनीले अफ – पिक समयमा मात्रै प्रयोग गर्न सस्तो मूल्यको पास पनि ल्याउन खोजेको छ । तर रेल्वे व्यवसाय ऐनमा रेलको भाडामा सीमा केन्द्र सरकारले पारित गर्नु पर्ने उल्लेख्य गरेकोले कम्पनीहरुले उपलब्ध ढाँचा भित्र रहेर नै भाडा निर्धारण गर्नु पर्नेछ ।