टोकियो, जापान ।
जापानको पुरानो औषधि तथा ड्रगस्टोर कम्पनी कुसुरी नो आओकी होल्डिगंमा कम्पनीको नियन्त्रणलाई लिएर संस्थापक र ठूला बाह्य लगानीकर्ताबीच संघर्ष चर्किएको छ ।
समाचार अनुसार कम्पनी सञ्चालन गर्दै आएका आओकी दाजुभाइले कम्पनीमाथिको नियन्त्रण जोगाउन “पोइजन पिल” भनिने प्रतिरक्षा रणनीति अघि सारेका छन्, जसले ठूलो हिस्सा खरिद गर्न खोज्ने बाह्य लगानीकर्ताको प्रभाव कम गर्ने उद्देश्य राख्छ ।
एइओन कम्पनी र सक्रिय लगानीकर्ता ओएसिस मेनेजमेन्ट कम्पनीका प्रमुख बाह्य शेयरधनी हुन् र उनीहरूबीच स्वामित्वको विषयमा विवाद चलिरहेको छ।
कम्पनी करिब १८६९ देखि सञ्चालनमा रहेको पुरानो जापानभरी शाखा भएको कम्पनी हो र यो विवादले जापानमा पारिवारिक कम्पनी र सक्रिय लगानीकर्ताबीच बढ्दो तनावलाई पनि देखाएको विश्लेषण गरिएको छ।
विशेषज्ञहरूका अनुसार यस संघर्षको नतिजाले जापानी कर्पोरेट गभर्नेन्स र पारिवारिक कम्पनीहरूको भविष्यमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।