(Japan) 15 th April | 2026 | Wednesday | 12:41:06 PM || (Nepal) 9:26:06 AM
 
 


जापान-चीन विवाद : जापानी व्यापारी नेताहरूद्धारा चीन भ्रमण स्थगित

  POSTED ON : Thursday, 01 January, 2026 | Views : 268

जापान-चीन विवाद : जापानी व्यापारी नेताहरूद्धारा चीन भ्रमण स्थगित


टोकियो, जापान ।

जापान-चीन आर्थिक संघले जनवरीमा जापानी व्यापारी नेताहरूको चीन भ्रमण स्थगित गर्ने निर्णय गरेको छ ।

संघले जनवरी २० देखि सुरु हुने लगभग २३० जनाको प्रतिनिधिमण्डल बेइजिङ र दक्षिणी प्रान्त हेनानमा छ दिनको लागि पठाउने योजना बनाएको थियो ।

प्रतिनिधिमण्डलमा जापान व्यापार महासंघ, वा केइदानरेनका अध्यक्ष, सुत्सुई योशिनोबु र जापान चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष कोबायाशी केन समावेश थिए ।

जापानी प्रधानमन्त्री ताकाची सानाएले सम्भावित ताइवान आपतकालको बारेमा संसदमा गरेको विवादास्पद टिप्पणीपछि द्विपक्षीय सम्बन्ध तनावपूर्ण भएपछि यो स्थगन गरिएको हो।

संघले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, प्रतिनिधिहरूलाई चिनियाँ नेताहरू र सरकारी अधिकारीहरूसँग पूर्ण रूपमा अन्तरक्रिया गर्न र अर्थपूर्ण परिणामहरू प्राप्त गर्न गाह्रो हुने भएकाले भ्रमण रद्द गरेको जनाएको छ ।

एक संयुक्त विज्ञप्तिमा, संघ, केइदानरेन र चेम्बर अफ कमर्सले तयारी गर्न छ महिना लागेको भ्रमण निर्धारित समय अनुसार अगाडि बढ्न नसक्नु धेरै दुःखद भएको भन्दै नयाँ मिति तय नभएको पनि बताएका छन् ।

दुई देशबीच आर्थिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले संघले १९७५ देखि लगभग हरेक वर्ष चीनमा प्रतिनिधिमण्डल पठाउँदै आएको छ ।

यसअघि कोरोना भाइरस महामारीका कारण २०२० देखि २०२३ सम्म र सेन्काकु टापुहरूमा जापान चीन सम्बन्ध चिसिएपछि २०१२ मा मात्र भ्रमण स्थगित गरिएको थियो ।

सेन्काकु टापुहरुमाथि जापान, चीन र ताइवानले दाबी गर्दै आएका छन् । तर जापानी सरकारले टापुहरू जापानको क्षेत्रको एक अभिन्न भाग भएको बताउँदै आफ्नो उपस्थिति जनाउँदै आएका छन् । तर बेला बखत चिनियाँ सेनाका पानि जहाँजहरु समेत सो क्षेत्रमा पुग्ने गरेका छन् ।