(Japan) 15 th April | 2026 | Wednesday | 12:41:08 PM || (Nepal) 9:26:08 AM
 
 


जापानमा ईसुमेघ टुर्स एण्ड ट्राभल्स नयाँ कार्यालयबाट संचालनमा

  POSTED ON : Saturday, 06 December, 2025 | Views : 422

जापानमा ईसुमेघ टुर्स एण्ड ट्राभल्स नयाँ कार्यालयबाट संचालनमा


टोकियो, जापान ।

नेपाल जापान देखि विश्वभर विश्वासिलो हवाई टिकटको लागि परिचित नाम बनेको ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा। लिले आफ्नो कार्यालय नयाँ स्थानमा सारेको छ । जापानमा बढ्दो नेपालीहरुको संख्या सँगै सेवा विस्तार आवश्यक रहेकाले ठूलो र फराकिलो कार्यालयबाट हवाई टिकट सहित टुर प्याकेज लगायतको सेवा थालनिका लागि कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यहि डिसेम्बर ५ तारिख शुक्रबारबाट कम्पनीले टोकियो ओकुबो स्टेशनबाट मात्र एक मिनेटको दुरीमा रहेको स्थानबाट सेवा थालनी गरेको हो । नयाँ कार्यालयको औपचारिक उद्घाटन जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यता गरिएको हो ।

उद्घाटन कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल एयरलाइन्सका जापान प्रमुख राजेन्द्र कार्की क्षेत्री, साथै एयर इन्डिया, क्याथे प्योफिक, थाई एयरलाईन्स लगायत विभिन्न एयरलाईन्सका प्रतिनिध सहित विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि र नेपाली व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

नेपालमा अग्रणी ट्राभल एजेन्सीको रुपमा रहेको सुमेघ ट्राभल्सले जापानमा सेवा विस्तार गर्दै लगेकोमा बधाई सहित उपस्थित व्यक्तिहरुले नेपालीहरुलाई सेवा र सुविधासँगै विश्वासिलो कम्पनीका रुपमा कम्पनीका प्रमुख मेघ केसी तथा बन्दना केसीले निभाउँदै आउनुभएको भूमिकाको प्रशंसा गरेका थिए ।

ई सुमेघ ट्राभल्सले हालसम्म जापानबाट हवाई टिकटहरु विक्रि वितरण गर्दै आएपनि छिट्टै जापान भित्र सहित जापानबाट अन्य देशमा यात्रा गर्न चाहने नेपाली सहित सबैका लागि टुर् प्याकेजहरु समेत संचालनमा ल्याउन लागेको कम्पनीका प्रमुख मेघ केसीले जानकारी दिनुभयो ।

यसअघि शिनओकुबो स्टेशन नजिक हालको कार्यालयबाट करिव ५ मिनेटको दुरीमा रहेको ई सुमेघ टुर्स एण्ड ट्राभल्सको नयाँ कार्यालय ठेगाना यस प्रकार रहेको छ ।


169-0073 Tokyo-to, Shinjuku-ku, Hyakunincho 1-17-6

Narita Biru 301 (Okubo Station North Exit)

Lawson Building, 3rd Floor,

Shinjuku City, Tokyo, Japan