(Japan) 15 th April | 2026 | Wednesday | 12:42:23 PM || (Nepal) 9:27:23 AM
 
 


जापानले हरेक घर परिवारलाई बिजुली र ग्यासमा पनि अनुदान दिने

  POSTED ON : Thursday, 20 November, 2025 | Views : 494

जापानले हरेक घर परिवारलाई बिजुली र ग्यासमा पनि अनुदान दिने


टोकियो, जापान ।

जापानी येनको अवमूल्यन बढ्दै जाँदा महंगीमा परेका जनतालाई राहत दिन जापान सरकारले विजुली र ग्यासको बिलमा अनुदान दिने भएको छ ।

जापान सरकारले सन् २०२६ को जनवरीदेखि मार्च महिनासम्म घरपरिवारको बिजुली र ग्यास बिल घटाउनका लागि कुल ७,००० देखि ८,००० येन सम्मको आर्थिक सहायता दिने योजना अघि बढाएको छ ।

यो सहायता सरकारको योजनाबद्ध व्यापक आर्थिक प्याकेज को एक हिस्सा हो, जुन यसै हप्ता शुक्रबारसम्म मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन हुने अपेक्षा गरिएको छ ।

सुरुमा सरकारले जाडोका लागि यो उपयोगिता सहायता ६,००० येन तोक्ने योजना बनाएको थियो, जुन यस वर्षको जुलाई सेप्टेम्बर महिनामा दिइएको करिब ३,००० येन भन्दा बढी थियो । तर, सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नयाँ गठबन्धन साझेदार निप्पोन इशिन नो काई ९जापान इनोभेसन पार्टी० ले यसलाई बढाएर लगभग ८,००० येन पुर्‍याउन माग गरेपछि सहायताको रकम बढाइन लागिएको हो ।

यस आर्थिक प्याकेजका उपायहरूलाई वित्त पोषण गर्नका लागि सरकारको योजनाबद्ध आर्थिक वर्ष २०२५ को पूरक बजेट अन्तर्गतको कुल खर्च आर्थिक वर्ष २०२४ को अतिरिक्त बजेट अन्तर्गतको १३।९ ट्रिलियन येन भन्दा तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ ।