(Japan) 15 th April | 2026 | Wednesday | 12:41:07 PM || (Nepal) 9:26:07 AM
 
 


जापान चीन बिबादले हवाई यात्रु मारमा पर्ने : क्याथेले जापान उडान रद्द गर्ने संकेत

  POSTED ON : Thursday, 20 November, 2025 | Views : 392

जापान चीन बिबादले हवाई यात्रु मारमा पर्ने : क्याथेले जापान उडान रद्द गर्ने संकेत


टोकियो, जापान ।

जापानी प्रधानमन्त्रीले चीनले अधिनस्त मान्दै आएको ताईवान बारेमा दिएको विवादास्पद अभिव्यक्तिको असर झनै बढ्ने देखिएको छ ।

व्यापार देखि पर्यटन क्षेत्रमा असर देखिन सुरु भएको विवादले हवाई उडानलाई समेत असर पार्ने भएको छ । यस्तैमा विश्वकै अग्रणी मध्येको एक हङकङको प्रमुख विमान कम्पनी क्याथे प्यासिफिक एयरवेजले जापानको लागि टिकट बुक गरेका यात्रुहरूलाई आफ्नो उडान योजनाहरू परिमार्जन गर्ने विकल्प दिएको छ । 

तत्काल उडान रद्दको घोषणा नगरिएपनि आगामी दिनमा उडान रद्दको सम्भावनाको संकेत गर्दै क्याथेले यात्रुहरुलाई अन्य विकल्पमा यात्रा गर्न दिनेगरि प्रक्रिया अघि बढाएको छ ।

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानका विषयमा गरेको टिप्पणीपछि चीन–जापान सम्बन्धमा दरार आएको छ ।

चीन र हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जारी गरेको यात्रा सल्लाहहरूलाई ध्यानमा राख्दै एयरलाइनले यो निर्णय लिएको बताएको छ ।

क्याथे प्यासेफिक एयरलाईन्सको यो घोषणापछि जापानबाट नेपाल यात्रा गर्न लागेका वा यात्रुहरुले आगामी दिनमा आफुले हवाई टिकट काटेको ट्राभल वा सम्वन्धित ठाउँबाट बेलैमा पूर्ण जानकारी लिएर मात्र यात्रा गर्नुहुन अनुरोध गर्दछौं ।