(Japan) 26 th August | 2026 | Wednesday | 8:16:06 PM || (Nepal) 5:01:06 PM
 
 


जापान सरकार कमाईका आधारमा प्रतिव्यक्ति २ देखि ४ मान येनसम्म बाँड्दै

  POSTED ON : Friday, 05 September, 2025 | Views : 1238

जापान सरकार कमाईका आधारमा प्रतिव्यक्ति २ देखि ४ मान येनसम्म बाँड्दै


टोकियो, जापान ।

जापान सरकारले कमाईका आधारमा जापानी सहित सबै आवासिय भिषा रहेका बिदेशी नागरिकहरुलाई समेत प्रतिव्यक्ति २ मान देखि ४ मान येनसम्म दिने तयारी गरेको छ ।

जापानी प्रधानमन्त्री शिगेरु इशिबाले देशको बढ्दो महँगी नियन्त्रण गर्नका लागि छिट्टै नै नयाँ आर्थिक प्याकेज घोषणा गर्ने तयारी गरेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

सरकारी योजना अनुसार यसअघि सबै नागरिकलाई समान २०,००० येन उपलब्ध गराउने भनिएपनि त्यसलाई परिमार्जन गरेर अब आयमा आधारित (Income-based) सीमा तोकेर नगद वितरण गर्ने सरकारी तयारी छ । सरकारको यो निर्णय हालैको निर्वाचनमा सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी र साझेदार दलहरु जनताको अपेक्षा गरे अनुसार मत पाउन असफल भएपछि आउन लागेको ठानिएको छ ।

यसको मुख्य उद्देश्य प्रधानमन्त्रीले जनताका समस्यालाई प्राथमिकता दिएको देखाएर आफ्नो राजनीतिक स्थिति सुदृढ बनाउनु रहेको टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री इशिबा र कोमेइतो पार्टीका नेताबीच भएको छलफलमा यो प्याकेज यथाशीघ्र तयार गर्ने सहमति भएको समाचार छ ।

यस योजनामा प्रतिव्यक्ति २०,००० येन र बालबालिका तथा कर छुट प्राप्त परिवारका लागि प्रतिव्यक्ति ४०,००० येन दिने योजना सरकारको छ । यद्यपि, विपक्ष दलसँगको वार्तामा यसलाई थप परिमार्जन गर्न सकिने सम्भावना रहेको छ ।