टोकियो, जापान ।
यो महिना मात्र जापानमा २१ सय बढि बस्तुको मूल्य बढ्ने खवर आइरहँदा चामलको मूल्य भने लगातार घटिरहेको छ ।
जापानमा चामलको खुद्रा मूल्य लगातार पाँच हप्तादेखि निरन्तर घटेको छ। कृषि मन्त्रालयका अनुसार जुन २२ मा समाप्त भएको हप्तामा देशभरका करिब १,००० सुपरमार्केटहरूमा ५ किलोग्राम चामलको औसत मूल्य ३,८०१ येन पाइएको छ ।
यो मूल्य अघिल्लो हप्ताको तुलनामा ११९ येनले कम हो ।
मार्च २०२२ मा मन्त्रालयले साप्ताहिक औसत मूल्य सार्वजनिक गर्न थालेपछि यो लगातार पाँच हप्ताको निरन्तर गिरावट हो ।
यो मूल्य गिरावट सरकारी भण्डारबाट चामलको बिक्री बढेका कारण भएको अनुमान गरिएको छ।
कृषि मन्त्री शिन्जिरो कोइजुमीले मूल्य घट्ने क्रममा रहेको र स्थिति नजिकबाट नियालिरहेको बताएका छन् ।
सरकारले आपतकालिन भण्डारमा रहेको चामल औषतमा ५ किलोको दुई हजार येनका विक्रि गरिरहेको छ ।
विदेशबाट चामलको आयात समेत बढाइरहेको जापानले दैनिक जनजिवनमा असर नपर्नेगरि मूल्य बृद्धिलाई रोक्न प्रयास गरिरहेको देखिन्छ ।