(Japan) 15 th April | 2026 | Wednesday | 4:20:56 PM || (Nepal) 1:05:56 PM
 
 


ताजा तरकारीको मूल्य बढेपछि जापानमा फ्रोजन फूडको प्रयोगमा वृद्धि

  POSTED ON : Thursday, 15 May, 2025 | Views : 590

ताजा तरकारीको मूल्य बढेपछि जापानमा फ्रोजन फूडको प्रयोगमा वृद्धि


टोकियो, जापान ।

जापान फ्रोजन फूड एसोसिएसनले फेब्रुअरी २०२५ मा २५ वर्ष र सोभन्दा माथिका १,२५० पुरुष र महिलाहरूलाई लक्षित गरी अनलाइन सर्वेक्षण गर्दा उनिहरुले महिनामा कम्तिमा एक पटक फ्रोजन फूड प्रयोग गरेको बताएका छन् ।

पुरुष र महिला दुवैमा फ्रोजन फूडको प्रयोगको औषतमा हप्ताको दुई देखि ३ पटक पाइएको थियो । कुन सहभागी मध्ये करिव २९.६ प्रतिशत हो ।

समग्रमा, उत्तरदाताहरूले हप्तामा औसतमा १.८ पटक फ्रोजन फूड प्रयोग गर्छन् । पुरुष र महिला दुवैको लागि, लन्चबक्स प्याक गर्नेहरूमा फ्रोजन फूडको प्रयोग उच्च पाइएको थियो ।

एक वर्ष अघिको तुलनामा, २३.८ प्रतिशत महिला र १९.५ प्रतिशत पुरुषहरूले फ्रोजन फूडको प्रयोग बढेको बताएका छन् । जसको समग्र दर २१.७ प्रतिशत पाइएको छ ।

फ्रोजन फुडको प्रयोग बढ्नुमा पुरुष र महिला दुवैको लागि मुख्य कारण ूपकाउन सजिलो र सुविधाजनकू पाइएको छ ।

फेब्रुवरी २०२४ मा, २४.१ प्रतिशत महिलाहरूले ूतरकारी र अन्य ताजा खानाको मूल्य वृद्धिू लाई एक कारकको रूपमा औंल्याएका छन् ।

गत बर्षको तुलनामा ताजा तरकारीको मूल्य बृद्धि भएर फ्रोजन प्रयोग गर्नेको ेसंख्या लगभग १० अंकले बढेर ३३.६ प्रतिशत पुगेको पाइएको छ ।

एक वर्ष अघिको तुलनामा पुरुष र महिलाहरुले जापानी शैलिको मम ग्योजा बताएका छन् । तरकारीहरू महिलाहरूको लागि दोस्रो स्थानमा थिए, तर पुरुषहरूको लागि उडोन, सोबा र रामेन दोस्रो रोजाइमा पाइएको छ ।