टोकियो, जापान ।
निप्पोन स्टिलले अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकी स्टील कम्पनी किन्न रोकिदिएपछि विरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकी स्टीलको विशाल कम्पनी यूएस स्टिल कम्पनीको खरिद सम्झौता बिरुद्ध बाइडेनले आदेश जारी गर्दै रोकेपछि अमेरिकी स्टील कम्पनी र निप्पोन स्टिलले संयुक्त रुपमा मुद्दा दायर गरेका हुन् ।
दुवै कम्पनीले बाइडेनको निर्णय राजनीतिक हस्तक्षेप भएको दाबी गरेका छन् ।
यसैबिच टोकियोमा पत्रकार सम्मेलन गर्दै निप्पोन स्टिलका अध्यक्ष इजी हाशिमोतोले अमेरिकी स्टिल कम्पनी खरिदको सम्झौतामा कहिल्यै हार नमान्ने बताएका छन् ।
निप्पोन स्टिल, यूएस स्टीलले बाइडेन बिरुद्ध मुदा हालेपछि उनको अभिव्यक्ति आएको हो ।
हाशिमोतोले जापानको निप्पोन स्टिल कर्पोरेशन र अमेरिकी स्टिल कर्पोरेशनले सोमबार आफ्नो मर्जर योजनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनलेअवरुद्ध गरेपछि अवैध र अनुचित राजनीतिक र प्रतिस्पर्धात्मक हस्तक्षेप बाट जोगाउन दुईवटा मुद्दा दायर गरेको स्पष्ट पारेका छन् ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले दुई देशबीचको घनिष्ठ व्यापार सम्बन्धका लागि बाइडेनको निर्णयबाट सम्भावित नतिजाको चेतावनी दिएका छन् ।
१४ अर्ब १० करोड डलरको सम्झौतालाई रोक्नको लागि बाइडेनले भनेको राष्ट्रिय सुरक्षा जोखिमको स्पष्ट विवरण खुलाउन शिगेरुले चुनौती दिएका छन् ।
इशिबाले जापान र संयुक्त राज्य अमेरिका बीचको भविष्यको लगानीमा जापानी व्यापारिक सर्कलहरू बीचको चिन्ता बढाएको भन्दै यसलाई गम्भीरताका साथ लिएको बताएका छन् ।
जापानका अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्री योजी मुतोले सोमबार पत्रकारहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनको निर्णय ूअत्यन्तै खेदजनक र बुझ्न गाह्रो भएको बताएका छन् ।
केहि विश्लेषकहरुले यो मुद्दाले अमेरिका जापान सम्वन्धमा समेत असर पर्न सक्ने भएकाले राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका ट्रम्पले यसलाई सम्वोधन गर्ने आशा व्यक्त गरेका छन् । तर राष्ट्रपति निर्वाचीत हुनु अघि ट्रम्प पनि अमेरिकी स्टील कम्पनी जापानी कम्पनीलाई बेच्ने सम्झौताको बिरोधमा रहेकाले उनिबाट समेत उल्लेख्य आशा गर्ने ठाउँ भने नरहेको बताईन्छ ।