(JAPAN) 19 th December | 2018 | Wednesday | 1:58:50 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:43:50 PM
 

शंकालु प्रियशीलाई लक्ष्मण भन्दैछन् “तिमीले सोचे जस्तो”

  POSTED ON : Tuesday, 25 September, 2018 | Views : 324

शंकालु प्रियशीलाई लक्ष्मण भन्दैछन् “तिमीले सोचे जस्तो”

टोकियो ।

परदेशिने नेपालीको संख्या बढेसंगै नेपाली गीतसंगीतलाई परदेशमानै रहेर श्रृजना र प्रकाशन पशारण गर्नेक्रम बढ्दो छ ।

यसै क्रममा बाग्लुङ जिल्लाको गल्कोटमा जन्मिएर पछिल्लो समय जापानलाई कर्मथलो बनाउदै आएका संगित पारखी तथा रचनाकार लक्ष्मण कार्कीले आधुनिक गीत “तिमीले सोचे जस्तो” बजारमा ल्याएका छन् ।

शंकालु आफ्नी प्रियसीको लागि गाईएको भावनात्मक आधुनिक गितमा शब्द रचना लक्ष्मण कार्कीको छ भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले संगित भरेका छन् । गीतमा चर्चित युवा गायक बिश्व नेपालीले सुमधुर स्वर दिएका छन् ।

गीतकार कार्कीको राष्ट्रप्रेम बोकेको नेपाललाई देशका सिपाही र आफ्नो भाग्य सहयात्रा यस भन्दा पहिले नै सार्वजनिक भईसकेका छन् ।

यस गीतमा प्रमिला कार्की र जे सी राज पौडेलको अभिनय रहेको छ । प्रमिला एनटिभी प्लस टेलिभिजनबाट प्रसारण हुने झंकार लाईभ सो कि प्रस्तुतकर्ता हुन् । भिडियोमा अतिथि कलाकारका रुपमा निलिमा र मुस्कानलाई पनि देख्न सकिन्छ ।

चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतलाई सौगात आचार्यले छायांकन गरेका छन् भने गीतको निर्देशन प्रवीन भण्डारीले गरेका हुन् ।

टेकेन्द्र शाहको सम्पाद रहेको म्युजिक भिडियो आर एस डिजिटलको प्रस्तुतिमा एनटीभि प्लस टेलिभिजनको झंकार लाईभ सो मार्फत पहिलो पटक सार्वजनिक गरिएको हो ।

यसअघिका दुवै गित भने जापानमानै छायांकन तथा बिमोचन गरिएको थियो ।

गितलाई विश्वव्यापी रुपमा म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ ।