(JAPAN) 19 th September | 2019 | Thursday | 6:15:05 PM
(Nepal) 19 th September | 2019 | Thursday | 3:00:05 PM
 

गलबन्दी १५ दिनमै करोड क्लवमा, प्रकाश र शान्तिको जाँदुमयी स्वरमा अञ्जलीको लोभलाग्दो क्रेज (भिडियो सहित)

Gokarna Adhikari   POSTED ON : Tuesday, 11 June, 2019 | Views : 791

गलबन्दी १५ दिनमै करोड क्लवमा, प्रकाश र शान्तिको जाँदुमयी स्वरमा अञ्जलीको लोभलाग्दो क्रेज (भिडियो सहित)


समाचार टिप्पणी-टोकियो, जापान ।

लोकप्रिय गायक प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा रहेको लोक दोहोरी गीत गलबन्दी युट्युवमा १ करोड बढी पटक हेरिएको छ ।

दुईसाता यता नेपाली गीत संगीत बजारमा एकछत्र बर्चस्व कमाएको गलबन्दी बोलको गीतले १५ दिनमै युट्युवमा १ करोड भ्युवर कटाएको हो ।

परदेशिएका दशौं लाख नेपाली र परिवारजनको कथा र कहानीलाई समेटेको बोल माया बोलको चर्चित गीत सार्वजनिक गरेको दिन पारेर शान्तिश्री परियारका साथमा प्रकाश सपूतले गायनसँगै अन्जली अधिकारीसँगको अभिनयमा सार्वजनिक गरेको गीत गलबन्दी देश तथा विश्वभर छरिएर रहेका नेपालीमाझ लोकप्रिय बनेको छ ।

आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको गलबन्दी गीतको बढ्दो लोकप्रियतासँगै सपुतको युट्युव एकाउण्ट भेरिफाईड भएको छ भने उनको च्यानलमा ५ लाख ६० हजार सब्सक्राईब पुगेको छ । सपुतको युट्युव च्यानल नेपाली लोकसंगीतमा लागेका कुनैपनि कलाकारहरुको सबैभन्दा धेरै सब्सक्राईब गरिएको च्यानल समेत बनेको छ ।

यसअघि बोल माया गीतको लागि सर्वोत्कृष्ट लोकगीत संकलनको इमेज अवार्ड जित्न सफल गायक सपुतको बोलमाया जस्तै गलबन्दी समेत युट्युबको पहिलो नम्बर अर्थात् युट्युव टेन्डिगंमा रहन सफल भएको छ ।

लोक दोहोरी गीतसँगै आधुनिक युवा पुस्ताको रोजाईलाई समेत लोक लयमा समेटेर दोहोरी ब्याटल पहिलो र दोस्रो भाग ल्याएका सपुतको दुवै गीत उत्तिकै लोकप्रिय र रुचाईएका गीतमा पर्दछन् ।


बढ्दो लोकप्रियताका बिच बोलमायाँ गीतबाट आफ्नो संगीत सृजना र स्वरमा लठ्ठिएका श्रोता दर्शकलाई गलबन्दीसम्म आईपुग्दा दोहोरि व्याटलको फरक स्वाद पस्केका प्रकाश सपुतले गलबन्दीबाट निरास होईन झनै आशावादी र भरोसालाई थप उचाईमा पुर्याएका छन् ।

श्रोत र दर्शकलाई अर्को सिक्वेलको पर्खाइमा राख्न सफल सपुतको गलबन्दीलाई युट्युवमा हेर्ने करोड दर्शक मध्ये २५ हजार बढीले सकारात्मक टिप्पणी गर्दै मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् ।

नेपाली जनजिब्रोले टपक्क टिप्न सक्ने गीत र सगीतको संयोजनसँगै भिडियोमा प्रस्तुत कलाकार र पात्रहरुको मौलिकताले तानेका दर्शक प्रकाश सपुत र उनको टिमबाट एउटै आशामा छ अर्को गीत ढिलो आओस् तर कडा आओस् ।