मनोबिद-
सामान्यता पिडा दुइ प्रकारको हुन्छ, शारीरिक र मानशिक । मैले आज प्रसंग उठाउन खोजेको बिसय चाही मानशिक पिडा, दुख र अनुभूतिको हो ।
पटक पटक काउन्सिलिङ्गको क्रममा व्यक्तिको अनुभूति सुन्दा बुझ्दा मैले पिडाको बारेमा महसुस गरेको पिडाको बजन, मात्रा प्रकार आकार रंग केहि हुदैन । यो यस्तो अनुभूति हो जसलाई ब्याख्या गर्न सकिदैन ।
पिडा बारेमा मैले बुझेको अर्को सत्यता मलाई अझ रोचक लाग्छ । पिडा अन्त्यहिन हुदैन र यसको परिणाम सधै नकारात्मक हुदैन । मानशिक पिडालाइ मैले मनको प्रतिक्रियाको रुपमा लिन्छु अझ यो तपाईको सोचाई धारणा भौतिकता र बास्तबिकता संग तपाईको मनले गरेको बिद्रोह हो । समय र मन यो प्रक्रियामा सक्रिय हुन्छन । यसमा देखिने लक्षण चाही मन शरीर र मस्तिस्कको प्रतिक्रिया हो ।
केहि वर्ष अघि मैले एक जना व्यक्ति भेटे जो आफ़्नो प्रेम सफल नभएकोमा आफ़्नो जिबन अन्त्य गर्न तयार भएको थियो । ३ महिना भएको उसको प्रेम बैदेशिक यात्राको कारण टुग्गीएको थियो । उसको साथीको सहयोग र आग्रहमा जब मैले भेटे । उसको अवस्था अत्यन्त दयनिय देखिन्थो ।
भोक नलाग्ने, अबस्थित जिबन शैली जस्ता कुराले चिन्तित साथी मार्फत उ मेरो सम्पर्कमा आएको थियो । मेरो लागि त्यो घटना अत्यन्त शिक्षाप्रद त्यति बेला भयो, जो साथी उसलाई लिएर आएको थियो उसले केहि दिन अघि आफ़्नो आमा गुमाएको थियो ।
प्रेम गुमाउनेको पिडा कम र उसको साथीको पिडा बढी भनेर मैले भने भने त्यो असत्य हुन्छ तर यो घटनाको कारण पिडालाइ समय र व्यक्तिको ग्रहण क्षमताले प्रभाब पार्छ भने कुरामा म बिस्वस्त भए । पिडा कम र बढी भन्ने हुदैन यो तुलना हुदैन तर व्यक्तिको ग्रहण क्षमताले यसको निर्धारण गर्छ ।
दुख पिडाको रंग, आकार र प्रकार हुदैन । समस्या पूर्ण रुपमा व्यक्तिको ग्रहण क्षमतामा निर्भर रहन्छ । प्रतेक व्यक्तिको ग्रहण क्षमता फरक हुन्छ । समस्यालाइ हाम्रो सिस्टमले कसरि प्रतिक्रिया गर्छ भन्ने महत्व पूर्ण रहन्छ ।
हाम्रो शरीर र मनले गर्ने प्रतिक्रिया नै पिडाको रुपमा आउने हो । ठुलो समस्यामा पिडा बढी सानोमा कम भन्दा पनि समस्या अर्थात् कारण र पिडाको निर्धारण व्यक्तिको ग्रहण क्षमताले निर्धारण गर्ने बिसय बस्तु हो ।
पिडा सत्य हो । यो हुन्छ र यो असह्य नै हुन्छ । यसको अस्तिव, कठिनाई र यो भित्रको अनुभूति सबै सत्य हुन । यति हुदा हुदै पनि यो भित्रका केहि भूमिकाले हामीलाई भबिस्यमा भै परि आउने अर्को पिडा सित जुद्न तयार पार्छ ।पिडाले मान्छेलाई मानशिक रुपमा बलियो बनाउछ । अझ भनौ हामी भित्रको मानशिक लचकतालाइ बढाउछ । तसर्थ पिडा सत्य हो यसको प्रभाब पनि सत्य हो र यसको अन्त्य पनि सत्य हो ।
आगोले पोल्छ । सानो तिनो पोलाईको अनुभूति हामी सबै सित हुन्छ । तर हामी ठुलो पोलाई हुदैन भनि आगोको प्रयोग गर्छौ । विश्वास र आबश्यकताको कारण आगो सित हाम्रो सम्बन्ध कायम छ । जिबन नि त्यहि हो । पिडा हुन्छ ।सानो तिनो अनुभूति हामी प्रत्येक दिन गर्छौ र जिबन जिउछौ यहि विश्वासका साथ कि ठुलो पिडा हुनेछैन भनेर । बिस्वाश र आबश्यकताले पिडा सित लड्न जुद्न हामीलाई प्रेरणा दिन्छ ।
प्रत्येक पिडाको उपचार समय हो । पिडा प्राकृतिक हो । कसैको कारण कृतिम देखिएला तर त्यो भित्रको अनुभूति प्राकृतिक हो । त्यो सत्यलाइ हामीले बुझेको खण्डमा पिडाको आयु छोटीन सक्छ ।
मैले भेटेको प्रेमी भाइ अहिले अरु सित प्रेममा छन् र आमा गुमाएको उनको साथीले आमा नाममा सामाजिक कार्य गरेको फोटो सामाजिक संजालमा राखेको छन् । म उनिहरु अहिले पिडामा छैनन् त भन्न सक्दिन तर उनिहरु प्राकृतिक र ब्यबहारिक रुपमा हिलिङ्ग प्रक्रियामा छन् जस्तो मलाई लाग्छ । पिडा बुझ्नु र स्वीकार गर्नु नै पिडाको हिलिङ्ग प्रक्रिया हो । मैले बुझेको पिडा भित्रको सत्य बोध यहि हो ।
(यो लेखको बिसय बस्तु लेखकको अनुभूतिमा आधारित छ)