मिडिया क्षेत्र र पत्रकारिता मेरो खास विज्ञताको क्षेत्र होइन । आम नेपाली जस्तै मिडिया क्षेत्रमा रुची, चासो सँगै विशेष अभिरुची राख्ने व्यक्ति चाहिँ पक्कै हो ।
यस सन्दर्भमा फरक व्यवसायीक क्षेत्रमा सक्रिय रहेको म जापानमा करिव दुई दशक देखी अध्ययनपछि व्यापार व्यवसायमा सक्रिय रहँदै आएको छु । सामाजिक क्षेत्रमा सहयोग, सक्रियता र सेवाभाव रहेको सन्दर्भमा पत्रकारिता पनि एक सामाजिक सेवाको क्षेत्र हो भन्ने मेरो बुझाई रहेको छ ।
करिव ७० हजार नेपाली रहेको जापानबाट झण्डै आधा दर्जन अनलाईन मिडिया र केही पत्रिका सहित सामाजिक सञ्जालहरु सक्रिय रुपमा नेपालीहरुले सञ्चालन गर्दै आएका छन् ।
जसबाट प्रत्यक्ष रुपमा नेपालीहरुका गतिविधि सबैमाझ पुर्याउन, समस्यामा परेकाहरुलाई सहयोग जुटाउन तथा नेपाल र जापानविचको सुसम्बन्धलाई प्रगाढ बनाउँदै लैजान केहीहदसम्म सघाउ पुर्याएको पाएको छु । तथापी यसले उब्जाएका प्रश्न र केही समस्या पनि हुँदै नभएको भने होइन ।
यिनै विषयहरुलाई आत्मसाथ गर्दै नेपाली समाजलाई थप एकताबद्ध बनाएर नेपाल र जापानका नागरिक तथा देशबिच रहेको सम्वन्धलाई थप उचाइमा पुर्याउने असल मनसाय सहित जापानसमाचारडटकमको सुरुवात गरिएको छ । हाल परिक्षण प्रकाशन थालिएको वेवसाईट अप्रिल १ तारिखबाट नियमीत रुपमा हेर्न सकिनेछ ।
केही प्राविधिक व्यवस्थापन लगायतका कारण बाँकी रहेका कारण हाल सल्लाहकारको रुपमा रहनुभएका आदरणीय व्यक्तित्वहरुको नाम उल्लेख गरिएको छैन ।
पत्रकारितामा क्रियाशिल गोकर्ण अधिकारी र जगत बहादुर खड्का ज्याकको सक्रियता तथा जापानमा लोकप्रिय रहनुभएका केही उदाहरणीय सल्लाहकारहरु समेतको सहयोग र सद्भावमा थालिएको यो प्रयासमा मैले पनि व्यवस्थापकिय हिसाबले हातेमालो गरेको छु ।
विश्वास छ जापानमा रहेका सबै नेपालीको साझा र नेपालका आफन्त तथा जापानबारे चासो राख्ने जो कोही नेपालीको लागि सूचनाको केन्द्र बनाएर लैजाने यो प्रयासमा तपाई सबैको सकारात्मक सहयोग, सद्भाव र प्रतिक्रिया निरन्तर पाइरहनेछौं ।
भुवन अधिकारी
निर्देशक
जापानसमाचारडटकम