(Japan) 21 st September | 2026 | Monday | 6:48:37 AM || (Nepal) 3:33:37 AM
 
 


'जापान आउंदै हुनुहुन्छ भने राम्रो संग बुझेर मात्र आउनुहोला'-सुमन लाकोजु

  POSTED ON : Sunday, 11 March, 2018 | Views : 2709

'जापान आउंदै हुनुहुन्छ भने राम्रो संग बुझेर मात्र आउनुहोला'-सुमन लाकोजु


आज मनमा केहि लेखौं लेखौं लगेर आफ्नो जापानमा आउँदाका केहि अनुभव बारे लेख्ने प्रयास गर्दैछु केहि त्रुटी भए माफ गर्नुहोला ।


2014 को अप्रिलमा जापानको चिवा केनको インターナショナルスクール船橋 मा भाषा बिद्यार्थीको रुपमा आएको म ,मनमा विभिन्न सपनाहरु थिए ।


तर जब जापानको बास्तविकताबारे आफैंले अनुभव गरे बिद्यार्थी भएर बस्न नेपालबाटै राम्रो तयारी गरेर मात्र आउनु पर्ने कुराको ज्ञात भयो ।


सुरुका 4 महिना भाषाको कमीका कारणले काम पाईन ,घरबाट लिएर आएको पैसाले जेनतेन जीवन यापन गरे ।


कति साथीहरु त घर फर्कने कुराहरु समेत गर्न थाल्नुभो तर एक अर्कालाई ढाडस दिंदै भाषमा मेहेनत गर्न थाल्यौं शिक्षकहरुको मायालु बातावरणको पढाईले पनि धेरै सहयोग मिल्यो र बिस्तारै विद्यालयले पनि कामको लागि सहयोग गर्नुभयो ।


सबै तिरको व्यवस्था मिलाउदै, काम गर्दै साथै पढाई पनि गर्दै गर्दा अहिले भगवानको कृपाले जापानको SANKEI TRAVEL मा काम गर्दैछु ।


हामी नेपाली बिद्यार्थीहरुको जापानमा आएर रुख मै पैसा टिप्न पाउछ भन्ने मानसिकता छ ,तर बास्तविकता त्यो होइन पहिला आफू जापान आउने जग नेपालमै बसाल्नु पर्ने कुरा सत्य हो ।


नेपालमै अलि राम्रो भाषा बनाएर आएमा यहाँ त्यति गारो नहुने रहेछ । हामी नेपालीमा ज्ञानको कमि छैन तर त्यो ज्ञान यहाँ आएर उपयोग गर्नको लागि नेपालबाटै तयारी गरेर आउनुहुन साथै जापानमा पनि अथक प्रयास एवं मेहेनत आवस्यक छ ।


कोहि जापान आउंदै हुनुहुन्छ भने यहाँको बारेमा राम्रो संग बुझेर मात्र आउनुहोला ।