(Japan) 13 th September | 2025 | Saturday | 7:01:38 AM || (Nepal) 3:46:38 AM
 
 

ओसाका एक्सपोमा नेपालको बेईज्जती हुँदा एनआरएनए जापान कहाँ चुक्यो ?

sudeep adhikari   POSTED ON : Thursday, 17 July, 2025 | Views : 820

ओसाका एक्सपोमा नेपालको बेईज्जती हुँदा एनआरएनए जापान कहाँ चुक्यो ?


केहि समय यता देखि एनआरएनए को आसन्न चुनावका गतिबिधिहरुले, जापानबासी नेपालीका अन्य कृयाकलापलाई सामाजीक सन्जाल, रेस्टुरेन्टका गफ र अन्य भेटघाटमा ओझेलमा पारेको छ ।

यो हुन त स्वभाबिक नै हो । राजनैतिक पद र नेतासंगको पहुंचलाई सर्बोपरि ठान्ने हाम्रो समाजमा, एनआरएनएको पदाधिकारी बन्न चाहनु, धेरै अर्थमा सजिलो माध्यम पनि हो ।

जापानको एनआरएनको यो मंच नेपाल र नेपालीको हितहुने धेरै मोडहरुमा अग्रसरताका साथ लागि परेको देखिन्छ । तर किन हो ओसाका एक्सपोमा देखिएको नेपालको चरम बेईज्जतीलाई अहिलेका पदाधिकारी वा अब उम्मेदवारीमा उभिएका कसैले पनि सशक्त रुपमा उठाएको देखिएको छैन (मैले मात्रै महशुस गरेको भए अग्रिम क्षमा याचना ।)

कम से कम “कसले कसरी ठेक्का पाएको रहेछ”, “किन समयमा सम्पन्न गर्न नसकिएको रहेछ” र “अब के गरिनेछ” भन्ने बिषयमा कतै सार्वजनिक जानकारी दिन एनआरएनए जापानले आजका मितिसम्म आवश्यक ठानेको देखिएको छैन । हुन त “यो एन आर एन एको काम पनि होईन, त्यति चासो भए आफैं गर्नू नि” भन्ने तर्क गर्ने पनि होलान् ।

जापानी संचार माध्यममा समाचार छरपस्ट भएर देशको ईज्जत माटोमा मिल्दै गर्दा राजदूत महोदयले “अब चांडै खुल्ने” जानकारी दिनु भएको पनि २ महिना कटि सक्यो । एक्स्पो १ करोड व्यक्तिले अवलोकन गरेकोमा विशेष उत्सव मनाई सकिएको छ तर अझै नेपालको स्टल खुल्ने ढुक्क हुने आधार देखिंदैन ।

एक्सपो शुरु हुनु भन्दा अघि, तयारी हुंदै गर्दाका थुप्रै फोटो र भिडियो सामाजीक संजालमा पोस्ट गरि आफूलाई मुख्य जीम्मेवार ब्यक्तिको झल्को दिने एक महाशय पनि, “रकम भुक्तानी नभएका कारणले” नेपालको पेभिलियन नखुलेको समाचार सार्बजनीक हुने बित्तिकै “म होईन” आशयको पोस्ट सामाजीक संजालमा गरेर एकाएक टाढिएका थिए ।

करार गरेर काम शुरु चाहिं गर्ने तर पैसा चाहिं नतिर्ने । ठेकेदारले काम रोक्दा, राष्ट्रको नाम जोडिएको यस सम्बेदनशील बिषयमा उत्तरदायित्व नदेखाउने, चांडै उचित एक्शन नलिने कुरा सार्है खेद जनक हो ।

ब्यक्तिगत लान्छना भन्दा पनि “के गर्दा नेपालको पेभिलियन खुल्ने होरु” “किन यो अबस्था आएछ” भन्ने तर्फ एन आरएन एको पनि पहल हुने र सत्य तथ्य सार्बजनीक हुने भए भबिष्यमा यस्ता कुराहरु घट्ने थिएनन् । एनआरएनए भन्ने संस्थाले यत्रो अग्रसरता र चासो पनि देखाएको थियो है भनेर जापानवासी नेपालीहरुमा रहेको यो संस्थाप्रतिको नैराश्यता भाव पनि कम गराउन सहयोग गर्ने मौका यसपटकलाई एनआरएनए जापानले गुमाउन पुगेको छ ।

...

क्योतोको तोजी मन्दिर, ८७ बर्षे जवानसंगको भलाकुसारी र जीवनका प्रेरणा