(Japan) 12 th September | 2024 | Thursday | 1:50:39 AM || (Nepal) 10:35:39 PM
 
 


देश छाडेर भागेकी बेगमको उदय र पतनको बंगालादेशी कहानी

  POSTED ON : Tuesday, 06 August, 2024 | Views : 1110

देश छाडेर भागेकी बेगमको उदय र पतनको बंगालादेशी कहानी


बृटिस साम्राज्यको पतनसँगै १९४७ मा बनेको पाकिस्तानबाट १९७१ मा चोइटिएर बनेको देश हो बंगलादेश ।

२० २२ वर्षको पेरिफेरीमा जहिलेपनि पाकिस्तानको शासन सत्ता पश्चिमी पाकिस्तानहरूले मात्रै गरे ।

साधन श्रोत भोट जहिले पनि पूर्वीय पाकिस्तानबाट आउने तर शासन जहिले पश्मिम जुल्फिकरहरुले शासन गरिराख्ने, यसैकुरामा ठुलोमतभेद देखिन थाल्यो र पूर्वीय पाकिस्तानीहरुले १९७१ मा भाषाको कारण देखांउदै देश टुक्र्याउने निघो गरेका थिए ।

यसका मुख्य नेता थिए शेख मुजिबुर रहमान । सम्पूर्ण बङ्गालीहरूलाई एककठ्ठा गर्दै नेतृत्व सुरु गरेर उनले मात्र १३ दिनको भिषणयुद्धबाटै पाकिस्तानबाट बंगलादेश खडा गरे । एउटै धर्म संस्कृती भएको मुलुक शासन सत्ता चलाउनेहरुको अकर्मण्यताकै कारण टुक्रियो र नयॅा बङ्गलादेश बन्यो ।

शेख मुजिबुर रहमान एक कुशल नेता भएपनि परिवारवाद , नातागोताबाद, भ्रष्टाचार आन्तरिक द्वन्द र आन्तरिक कलहको दलदलमा नराम्ररी गाँजिए । छरछिमेकी राष्ट्रहरुको सुराकी, भारतमा संकटकाल, संसारभर शित युद्धको दबदबी यस्तै कयौ करणले राष्ट्रपति निवासमा सबपरिवार सुतिराखेको ठॅाउमा आएर सेनाले १७ जना परिवारलाई  मारिदिए । सबै परिवार मारिएपनि दुई छोरी जर्मनमा पढ्दै गरेकाले बाँच्न सफल भए । तिनै दुई मध्ये जेठी छोरीको नाम थियो सेख हसिना बहिनी कान्छी थिइन शेखरेहेना ।

बुबाआमा र भाइहरूको हत्यापछि उनी केही समय जर्मनीमै बसिन् । पछि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले हसिनालाई भारतमा शरण दिइन् । दिल्लीमा उनले करिब ६ वर्ष निर्वासित जीवन बिताइन् । उनलाई सैनिक शासकले बंगलादेश फर्किन प्रतिबन्ध लगाएको थिए । 

सन् १९८१ मा अवामी लिगको अध्यक्ष बनेपछि उनी बंगलादेश फर्किइन् । त्यो बेला हसिनालाई स्वागत गर्न ढाकामा हजारौँ मानिस भेला भएका थिए । 

सन् १९९६ मा भएको आमचुनाव जितेर हसिना पहिलोपल्ट प्रधानमन्त्री बनेकी थिइन् । सन् २००८ २९ डिसेम्बरमा भएको निर्वाचनमा हसिना नेतृत्वको अवामी लिगले भारी मतका साथ जित्यो र हसिना दोस्रोपल्ट प्रधानमन्त्रीका रूपमा सत्तामा पुगिन् । 

त्यसयता उनी लगातार सत्तामा छिन् । तर, कुनै बेला लोकतन्त्र जोगाउन ज्यानको बाजी थापेकी हसिनाको व्यवहार र शैली पछिल्लो समय सर्लक्कै फेरिएको आलोचकहरूले बताउँदै आएका छन् । संसारकै सबैभन्दा लामो समय सत्तामा रहने महिला प्रधानमन्त्रीका रूपमा कीर्तिमान बनाएकी हसिनाले पछिल्लो समय लोकतन्त्रकै घाँटी रेट्ने प्रयास गर्दै आएकी थिइन ।

आरक्षणबाट उठेको विद्यार्थी आन्दोलनको असन्तोषले उनलाई सत्ताच्युत बनायो । सरकारी निवास प्रदर्शनकारीको नियन्त्रणमा पुग्न गयो धन्न उनको बुबाको जस्तो नियति भने हुन पाएन, उनि प्रदर्शनकारी सरकारी निवास छिर्न अघिनै हेलिकोप्टर चढेर भारत भागिसकेकी थिइन ।

रोचक त के भने प्रधानमन्त्री बनिसकेपछि उनको परिवारको हत्या को कसले गरेको छानबिन कमिटी कहिल्यै बनाउन अघि सरिनन्, मात्र हत्याको विषयलाई राजनीतिक स्वार्थ पुरा गर्ने माध्यम बनाइरहिन्, अझ भनौं नेपालको मदन भण्डारी र जिवरात आश्रित हत्याको राजनीति जस्तै ।

बिपक्षि दलहरुमाथि प्रतिबन्ध लगाएर हरेक रुपमा आफ्नै पार्टि र समर्थक दलहरुकै उम्मेदवार खडा गराएर धाँधलिपूर्ण चुनावमा २०२४ मा ३०० सिट मध्ये २२३ सिटमा जितेको घोषणा गर्दै त्यसयता संसारकै इतिहासमै मुस्लिम शक्तीशाली प्रधानमन्त्रीको रुपमा रहेकी थिइन् ।

जानकारहरुका अनुसार पश्मिमाहरु बङ्गलादेश र इन्डोनेसिया टुक्र्याएर पूर्वीय टिमुर जस्तो सानो देश बनाउन चाहिरहेका छन् ।  केही जानकारहरु भन्छन आरक्षणको बाहानमा आएसआई र पाकिस्तानी खुफिया एजेन्सीको मिलोमतोमा युद्धभएरहेको छ ।

नेपाल भन्दा सानो भुभाग भएको देशमा जनसंख्या भने १८ करोड रहेको छ ।

शासकहरुले आफु अनुकुल शासन गर्नको लागी देशलाई स्वार्थको माध्यम बनाइरहँदा बंगलादेशको भाग्य र भबिस्य केहोला भन्ने अझै अन्यौल छ ।

कुनै समय अस्थिर राजनीति भएको देश शेख हसिनाको नेतृत्वमा दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने देशका रूपमा स्थापित त भयो तर, धाँधलीपूर्ण चुनावको नतिजा देखाएर उनमा सत्ता संचालनमा बहुमतको दम्भले तानासाही प्रवृत्ति बढ्दै गएको थियो । बिपक्षिहरुले उनलाई ‘लोकतान्त्रिक तानासाह’को उपमा नै दिएका थिए ।