(Japan) 12 th October | 2025 | Sunday | 10:12:30 AM || (Nepal) 6:57:30 AM
 
 

सुधनको टिमको चेतावनी पछि काठमाडौंको प्रहरी हाइ अलर्टमा, प्रहरी बिटबाट वृत्तमा तानिए

  POSTED ON : Tuesday, 07 October, 2025 | Views : 306

सुधनको टिमको चेतावनी पछि काठमाडौंको प्रहरी हाइ अलर्टमा, प्रहरी बिटबाट वृत्तमा तानिए


काठमाडौं, नेपाल । 

जेनजी प्रतिनिधि सुदन गुरुङको टीमले केपी ओली र रमेश लेखक बिरुद्व उजुरी दर्ता गराउन खोज्दा नलिएको र सडकबाटै जवाफ दिने बताउंदा काठमाडौं प्रहरी परिसरले भने आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ । साथै, सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् ।


हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो ।


जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न प्रहरीले आजै इन्कार गरेको थियो । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टिम त्यहाबाट  हिँडेको थियो ।


उक्त अभिब्यतीपछि असुरक्षित महशुस गर्दै प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानेको हो । काठमाडौं उपत्यका प्रहरीको ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुकी साढे ७ पछि बिटका प्रहरी रिजर्भ फोर्सका लागि फिर्ताको आदेश भएको छ ।


काठमाडौं उपत्यकामा ६० वटा युनिट छन् । एक प्रहरी अधिकारीले भने, ‘बिटमा जनशक्तिका हिसाबले पनि थोरै हुन्छ । साथै त्यहाँ साधन स्रोत पनि त्यहीअनुसारको हुने भएकाले फिर्ता बोलाएका हौँ ।’