काठमाडौं, नेपाल ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफू पार्टीको अध्यक्ष नरहेको घोषणा गरेका छन ।
आज काठमाडौंमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अध्यक्ष नरहेको बताएका हुन ।
उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताए ।
प्रचण्डले भने ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’