हास्दा मिलेका सेता दात्, कालो वर्णको छालामा हल्का किरिम पाउडर घस्दा फुस्रि(फुस्रि देखिन्थि टिकुलिया ।
गाजल लगाएर रातो रिबनको फुर्कोले दुइ चुल्ठि कपाल बाटेर हिड्दथि । भुटुन खाने तेलले चिपिक्क कपालमा काँइयुका राटाहरु, कालि भए पनि जिउडाल चाहि असाध्यै मिलेको हिस्सि परेकि, सेतो कुर्तिमा बेलि पेन्ट, पछाडि कालो सानो झोला, साईकिलमा सरर घर छेउ आइपुदा औंला दुख्ने गरि टिरिङ टिरिङ् घण्टि बजाउदै उ आउथि र रामचलित्तरले गरिरहेको काम देख्दा-देख्दै पनि र बोल्ने बाहाना बनाउदै भन्थि, 'ओइ ! का करल छैल ?'
'ना किछो, बैलका दाना बनावा छैल ।' थोरै सर्माउदै रामचलित्तर भथ्यो । आमा-बा सङ्गै हुनु भएको बेला परेको भए, बहाना बनाउदै 'तोहर आइ मास्टर जि ढुन्ढ रहेल्था, काहे स्कुल नागेइल्' भन्थि । अनि औपचारिकता पुरा गर्न 'ताउजि प्रणाम' भनेर बा लाइ ढोगिदिन्थि । तर आखा रामचलित्तर तिरै जुधाइरहेकि हुन्थि ।
'कतेक बार तोहर कहु हो फगुनिया । धियापोताका स्कुल ऐको दिन गैल भेलै तो ओकर पढाइ बिगरल्छै । अखुन्ति कोनो दिन स्कुल नाजाने अवस्था नालाये । हम कह देल छि ।' बुवाले कुनै पनि दिन छोरो स्कुल जान पाएन भने उसको पढाइ बिग्रिन्छ भनेर मैले तलाइ कति भनिसके । आइन्दा देखि छोरोको पढाइ मिस गर्ने होइन है भनेर आमालाइ हकारे । रामचलित्तर कि आमाले दोहोरो प्रत्तिउत्तर दिने चलन मधेसि समाजमा खासै नभएको हुदा केहि बोलिनन ।
बिचरा बालाइ के थाह टिकुलियाले आफुलाइ स्कुलमा नदेख्दा घरमा बा आमा सङ्ग बहाना बनाएर फेरि फेरि पनि अपसेन्ट नहोस भनेर कुरा लगाइ दिएकि मात्र भनेर । वास्तबमै मलाइ मास्टरजिले खोजेका थिएनन भनेर । स्कुलमा पनि पानि पिउने बहानामा चापाकलमा जादा होस कि, लिजर पिरियडमा साथिहरु चुङ्गि खेल्ने बेलामा टिकुलियाको आखा रामचलित्तर तिर सोझिएका हुन्थे ।
अर्को अर्थमा भन्नुपर्दा उनि रामचलित्तर सधै आफ्नै आखा अगाडि राख्न चाहन्थि । हाम्रो त्यस्तो समाज थियो, जहा प्रेम गर्न परिवारको स्विकृति त पर को कुरा, कसैले चाल पाइहालेमा उमेर नपुग्दै बिहे गरेर घर तिर लखेटिहाल्ने सामाजिक परिवेश जो थियो ।
रामचलित्तर यादब जातिको, भने टिकुलियाले कलुवार जाति । अर्थात मधेशमा ब्याप्त जातिय कुसन्स्कार प्रथाले रामचलित्तरलाइ उपल्लो जाति भनि बर्गिकरण गरिदिएको थियो भने टिकुलियालाइ पिछल्लो । तर टिकुलियाको परिवार रामचलित्तरको भन्दा आर्थिक अवस्था केहि राम्रो थियो । खान लाउन पुग्ने नै खालको थियो । खेतिपाति बैल गाडा, इत्यादि उनिहरु सङ्ग थिए भने रामचलित्तरको परिवार चाहि अधियामा खेति किसानि गर्दथे । यद्यपि खान लाउने दुखजिलो भए पनि पुगि नै रहेको थियो ।
उनिहरुको घर जम्मा १५ मिनेटको दुरिमा थियो। दुबैजना एकै साल जन्मेका, सङ्गै हुर्केका, बालपन देखि सङ्ग सङ्गै खेल्ने, कहिले टालाटुलि बाटुलि त कहिले गौना-दुल्हन (राजारानि) भएर खेल्दथे त कहिले के । बालपन औसत बालबालिकाहरुको जसरि ब्यतित हुन्छ, उनिहरुको पनि त्यस्तै नै बितेको थियो।
उनिहरुका बा हरु पनि सङ्गैका दौतरि, असाध्यै मिल्ने । उनिहरु दुइ जना गर्भमै रहदा बा हरुले यदि समान लिङ्गका जन्मियो भने दोस्त (मित) लगाइदिने अनि बिपरित लिङ्गिका जन्मिए भने बिहेवारि गरिदिने वाचा गरेका थिए । तसर्थ उनिहरु जन्मजातै श्रिमान श्रिमति भै पदार्पण भएका थिए ।
दुबै हुर्कदै गए । उनिहरु स्कुल एकै पढ्ने भए तापनि समाज ले र साथि हरुले कुरा काट्न सक्छन भनेर सङ्ग सङ्गै जादैनन थिए । पर स्कुल पुग्ने बेला साइकलको चेन फुस्केको, थकाइ लागेको, जस्ता बहाना बनाइ एकले अर्कालाइ कुरेर बस्थे र भेट गरि सङ्गै आउने जाने गर्दथे ।
मेला तिर जादा रामचलित्तरले टिकुलियालाइ रिबन्, कपाल बाट्ने काटा, लिपस्टिल्, गाजल्, जस्ता समान किनेर गिफ्ट ल्याइ खुसुक्क कसैले नदेखिने गरि ल्याइदिन्थ्यो भने रामचलित्तरलाइ बजार गरेको बेला बेल्ट्, चस्मा जस्ता गिफ्ट टिकुलियाले ल्याइदिन्थि । उनिहरु एकले अर्कालाइ असाध्यै प्रेम गर्दथे । कुनै एक दिन एकले अर्कालाइ देखेनन भने, तरकारि नुन नहालेको जस्तो खल्लो अनुभुत गर्दथे र केहि न केहि बहानाबाजि बनाएर भेट्न पुगिहाल्थे ।
उमेर बित्दै गयो, स्कुल लेभलको अन्तिम एक्जाम एस.एल.सि. नतिजा आयो । राम चलित्तर पास भए भने टिकुलिया फेल भइन । फेल भएको कारण भन्दा पनि बढि चाहि अब राम चलित्तर सङ्ग दैनिक भेट नहुने भो भन्ने चिन्ताले गर्दा टिकुलिया भक्कानिएर रुन्थिन । उनि रुदा रामचलित्तर सम्झाउदै भन्ने गर्थ्यो 'बस कर पगलि, एक्को साल ढिला जल्दि होगैल्, तु काइला परेसान हो रहल्छि ? हमनि के दिल तो एक्को न छैल । तो आहा चिन्ता नाकरु, हम तोहोर हमेसा साथोमे रहल्छैल । ये हमनि के वाचा छैल ।' तर आफ्नो प्राण भन्दा पनि प्यारो हुनेवाला जिवनसाथि सङ्गै नहुदा कतै टाढिने पो हो कि भन्ने चिन्ताले टिकुलिया मन मनै भक्कानिन्थिन।
गाउमा पढ्न क्याम्पस थिएन । त्यसैले माथिल्लो पढाइको लागि राम चलित्तरको बाले केहि पैसा टिकुलियाको बा सङ्ग लोन लिई छोरोलाइ राजधानि पढ्न पठाए । उसले बिज्ञान बिषय लिएर प्लस टु पास गर्यो, एक ठाउमा पार्ट टाइम काम गर्दै इञिनियरिङ अध्ययन गर्न स्कलरशिपमा नाम समेत् पनि निकाल्यो र पुल्चोक इञिनियरिङ क्याम्पसमा पढाइ सुरु गर्यो। काम र पढाइलाइ सङ्ग(सङ्गै अगाडि बढायो । केहि रकम गाउबाट बाबुजिले लोन खोजेर पठाइदिए भने केहि रकम आफैले जुटायो ।
उनिहरुको प्रेम राम्रो सङ्ग चल्दै थियो । चिट्टि पठाउथ्यो उसले घरमा, चिट्ठिमा टिकुलियालाइ कस्तो छ भनेर सोध्न छुटाउदैन थियो । भने गोप्य कुराहरु गर्न अलग्गै टिकुलियालाइ अलग्गै चिट्ठि पठाउथ्यो काठमाण्डौबाट । गाउबाट टिकुलियाले पनि उसलाइ चिठि लेख्थि ।
मधेशमा छोरि १६/१७ साल पुगिसकेपछि त बिहेवारि नगरि हुन्न भन्ने कल्चरले गर्दा टिकुलिया आफुलाइ सामाजिक परिवेशले अफ्ठ्यारो परिरहेको हुदा चाडै नै बिहे गरौ भनेर खबर गर्दथि । रामचलित्तर आफ्नो पढाइ नसकिकन गर्न असमर्थता जनाउदै मात्र अब केहि समय त बाकि छ, त्यत्ति धैर्य गर। म तिमिलाइ रानो बनाएर भित्र्याउछु चाडै भनि फुरुङ्ग पारिदिन्थ्यो। टिकुलिया मख्खै पर्थिन ।
बिस्तारै गाउ घर तिर पनि मोबाइल प्रबेश गर्न लाग्दै थियो । टिकुलियाले पनि सानो मोबाइल किनेकि थिई। जसमा वालपेपर उनै रामचलित्तरको राखेकि छे । उसले हर घडि सम्झिई रहन्छे पढाइमा डिस्ट्रब नहोस भन्ठानेर दिनको २र ३ चोटि म्यासेज र फोन गर्छे । आफु पढाइमा सधै ब्यस्त हुने हुदा बारम्बार फोन गरेर डिस्ट्रुब नगर्न भन्दै झर्किन्छ । यध्यपि माया न हो । मन कहा सजिलै मान्थ्यो र, मिसकल जाने ब्यालेन्स मात्र राखेर भए पनि टिकुलिया टुच्च टुच्च मिसकल गर्दै सताउन र जिस्कन खोज्छे । रामचलित्तर 'ठहेर तु चुडेलको, मुलाकात मे इतना मार मार के तोहोर कपार फोर देइल्छैल' भन्दै मायालु लवजमा गालि गर्दथ्यो । 'तो मार न आ कर' भनेर झनै मस्किन्थि टिकुलिया ।
समय बित्दै गयो, इञिनियरिङ पासै नभए पनि राम चलित्तरको गाउघरमा इञिनियरको घर अनि इञिनियरको बाबु महतारि भनेर चिनिन थालिसकेको हुदा बिस्तारै उनिहरुमा एकाएक घमण्ड बढ्दै गै रहेको थियो बा आमाको भने उता पढाइ गर्ने क्रममा धेरै ठाउबाट आएका पहाडिया समुदायका साथि भाइहरु सङ्गको सङ्गतले रामचलित्तर आफुलाइ मधेसि हुनुमा गर्व गर्न छोड्दै गयो ।
क्लास् रुम देखि शहर बजार तिर गोरि-गोरि राम्रि केटिहरु देख्दा अनि उनिहरुको क्रमिक सङ्गतले गर्दा रामचलित्तरलाइ टिकुलिया बिस्तारै कुरुप लाग्न थालिसकेको थियो । त्यसमाथि आफु यत्रो पढेलिखा इञिनियर उता गवार एस.एल.सि. फेल कालि टिकुलिया, उसलाइ नराम्रि लाग्दै गयो र उसले मन मोड्न सुरु गरिसकेको थियो ।
एक दिन टिकुलिया को बाले अब त छोरिको उमेर धेरै नै भै सकेको, समाजले पनि कुरा काट्न लागेको हुदा दुइको बिहे गराइदिम अनि बिहे पछि पनि पढे भै गो नि भन्ने आशयले कुराकानि गर्दा रामचलित्तरको बा ले अहिले नगर्ने भनेर अड्डि मात्र कसेनन कि तिम्रो गवार छोरिलाइ मेरो इञिनियर छोरोको लेभल नसुहाउदा नसुहाउदै पनि पर्ख भन्दा अझै दवाब दिने भए वाचा क्यान्सिल गर्न आफु बाध्य हुने भनि थर्काए । तिम्रो लोन आफ्नो छोरोले तुरन्तै फिर्ता गरिदिन्छन । के सानो सोचेको अब पनि हामिलाइ जस्ता च्याठिएका कुरा गरि झगडा गरे ।
अनि उता छोरोलाइ भए नभएको कुरा थपथाप गरि खबर पुर्याए कि टिकुलियाको बा ले आफुलाइ धाक धम्कि दिएको । तुरन्तै बिहे नगरे छोरिको बिहे अर्कै सङ्ग गराइदिने चेतावानि समेत दिएको र आफ्नो रिन तुरन्तै तिर्न अल्मेटम दिएर बेइज्जत गरेको, अनि गाउमा टिकुलियाको पनि अचेल चालचलन खासै जाति नदेखिएको, ब्यबहारहरु आफुलाइ चित्त नबुझ्ने खालको हुदै गरेको जस्ता अनर्गल झुटा कुरा सुनाइदिए । ता कि छोरोको मन मोडियोस र उसले टिकुलियालाइ छोडिदिओस । बा को कुरा पत्याइ रामचलित्तरले पनि बिस्तारै बिस्तारै मन मोड्दै गयो । टिकुलियाले मरिहत्ते गरि फोन्, चिट्ठिहरु पठाउदा पनि उताबाट खासै राम्रो रेस्पोन्स दिदैनथ्यो ।
केटिको बुवा झुकेर फेरि माफि माग्दै केटोको घरमा पुगि बिहे चाहि चाडै नै गर्ने गरि वातवरण सिर्जना गराइदिन अनुरोध गर्दा रामचलित्तरको बुवाले यदि आफ्नो पढालिखा इञिनियर छोरो सङ्ग सादि गराउने भए यो-यो कुरा दाइजोमा चाहिन्छ भनि डिमाण्ड लिस्ट टिकुलियाको बालाइ दिए । लिस्टमा दिने नसक्ने कुराहरु बढि थियो ता कि उसले आफैले पछि हटि 'वाचा' क्यान्सिल गरोस र अलग अलग हुन सकियोस भनि । मोटरसाइकल्, कार्, धेरै तोला सुन चादि देखि लिएर् अनेक-अनेक होम अप्लाइन्सेसहरु समावेस लिस्ट थियो ।
उता पढाइ सकिए पछि ओ.जे.टि. गर्न रामचलित्तर हिमालि जिल्ला पुगी केहि समय प्राक्टिकल ज्ञान हासिल गरि घर फर्कियो । ऊ आएको थाह पाउन साथ टिकुलिया उसले पहिले गिफ्ट दिएको रिबनले कपाल बाटि उसलाइ मन पर्ने कलरको कुर्तिसलवार लगाएर भेट्न पुगि ।
अहिले आफु सङ्ग फुर्सद नभएकोले कुरा गर्न नमिल्ने । साझ ५ बजे तिर स्कुल ग्राउण्डमा आउनु अनि कुरा गरौला भन्यो । 'हस' भन्दै मन कुड्याउदै टिकुलिया फर्कि र साझ उसले भनेको ठाउमा पुगि र आफु सङ्ग टाढिने कारण के हो, आफुले गरिरहेको मायामा कमि भएर पो हो कि, के कारण यस्तो गरेको रु फेरि घरकाले अन्तै केटि हेरेर राखेका छन रे ! तिमि किन केहि बोल्दैनौरु के छ तिम्रो चाहि बिचार, आजभोलि किन फरक ब्यबहार गर्दैछौ जस्ता मनमा लागेका गुनासाहरु रुदै पोखिन ।
रामचलित्तरले बचपनमा गरेको खेल, बाबुजिहरुले गरेको बाचा बन्धनमा आफु नअल्मलिने, आफुले आफ्नै हैसियतको अनुसार कै केटि सङ्ग मात्र बिहेवारि गर्न चाहेको र आइन्दा आफ्नो बाटोमा काडा बनि नतेर्सनु । आफु सङ्ग बिहे गर्न तिम्रो कुनै पनि लेभल नमिल्ने हुदा त्यो सपना मनमा सजाएर नबस्दा हुन्छ । पहिला जे भो, त्यसलाइ बिर्सिदिनु, हामि बिच जे भयो, त्यो सब एक अतित हो, म अतितमा होइन बर्तमानमा जिउन चाहन्छु, त मलाइ खुशि भएको देख्न चाहन्छस भने मेरो जिवनबाट सरक्क आफै हटिदिनु, होइन भने म जतिको नजाति कोहि पनि हुने छैन भन्दै आज देखि तिम्रो र मेरो बाटो अलग-अलग भनि धम्किपुर्ण ब्यबहारले बोल्यो र फर्कियो ।
टिकुलियाले सपनामा समेत कल्पना गर्न नसक्ने ब्यबहार पाए पछि सम्झाउने कोसिस बारम्बार गरे पनि झन झन उग्र र नराम्रो सङ्ग गालि गलौज गर्दै धम्कि दिएको हुदा रुदै घर फर्कि ।
रामचलित्तरको घरकाले दर्है दहेज दिने वाला घरको केटि हेरिसकेका रहेछन सिमावर्ति भारतिय मुलकि । इञिनियर भए पछि परिवारको फर्माइस अनुसार कै दाइजोपात प्राप्त हुने हुदा रामचलित्तर पनि टिकुलिया लाइ छोडि उतै बिहे गर्न राजि भयो । सगाइ (इङेजमेण्ट्) पश्चात लगनको दिनको तयारि गर्दै थिए परिवार । नातागोता, परपाहुना, इस्टमित्र घरमा आउने क्रम जारि थियो । माहोल उल्लासमय थियो ।
बिहेको दिन सबैजना बरियात् (जन्त) जाने तयारि गरि बेहुला अन्माएर जिपमा चढ्न मात्र के लागेका थिए। पर्तिर रुवावासि भएको आवाज आयो। गाउलेहरु के भो, के भो भन्दै दगुर्दै गए । जन्त हिड्न लागेकाहरु अलमल्ल परिरहेका थिए । एकैछिनमा त्यो भिडमा १ जना सानो केटोले खबर ल्याइदियो कि, टिकुलियाले पासो लगाइ झुण्डिएर प्राण त्याग गरिछिन । सबैजना हेर्न गए। रामचलित्तर पनि गयो । उनि घरको बार्दलिमा झुण्डिईरहेकि थिइन । घाटिमा सलको पासो थियो । मानिस कोहि रुदै कराउदै थिए, कोहि पुलिसलाइ फोन गर्दै थिए ।
घाटिमा पासो लागिरहेको त्यहि पहेलो कलरको सल थियो, जुन उसले फुलबरिया मेलामा जादा उनको लागि गिफ्ट ल्याएर ओढाउदै 'एक दिन तोहर पालकि मे यहि घुङ्घट ओढाकर रानि बनाबेछि मेरि मेहरारु' भन्ने बचन दिएको थियो ।