धेरै अघिको कुरा हो, कुनै इलाकामा एक गरिब हल्कारा काम गर्दथे । उमेरले उनि करिब करिब ६ विस हाराहारिका भएता पनि पातलो अनि रोगि शरिरले गर्दा उमेर भन्दा अझै बुढा देखिन्थे । दैनिक चिट्ठि र पार्सलहरु थाप्लोमा बोकि कोशौ टाढा सम्म सकुसल पुर्याउनु उनको करार जागिरको जिम्मेवारि थियो । कहिले पहाडको भिरालो गोरेटो त कहिले बन भित्रैको भिरैभिर, उनको दैनिक यात्रा थियो, थाप्लोमा सामानको भारि बोकेर ।
एक दिन उ सदा झै चिट्ठिपत्र र सामान बोकि दुर-दराजको एक घर पुग्यो र ढोका ढक्ढ्ढकाउदै 'चिट्ठि आएको छ लाहुर बाट, को छ घरमा' भनेर आवाज दियो । भित्र बाट 'एकैछिन है म आइहाले' भन्ने आवाज आयो । हल्कारालाइ अन्य गाउ पनि पुग्नु थियो त्यसैले 'अलि चाडो गर्नुहोस है !' भनेर ढोका अघिल्तिर उभ्भिरह्यो।
धेरै बेर सम्म पनि ढोका नखुलेपछि हुलाकि अलि कडा स्वरमा कड्कियो कि, 'अरु पनि काम छ छिटो गर्नुहोस' भनेर। भित्रबाट फेरि आवाज आयो 'ढोकाको मुनि प्वालको चेपबाट छिराइदिनुस न है हतार भए' भन्ने जवाज आयो । हुलाकिले 'हुदैन त्यस्तो त, गर्न रजिस्टर चिट्ठिपत्र हो। साइन नगरि छोड्न मिल्दैन छिटो आउनुस' भन्यो ।
करिब १० मिनेट पछि एक ११-१२ साल कि बच्चिले ढोका उघारिन् । उनले बैसाखि टेकेकि थिईन् । उनको दुबै खुट्टा थिएनन । 'बैसाखि कता परेछ परेछ त्यहि खोज्दा ढिला भयो हुलाकि काका । माफ गर्होस है मैले बिलम्ब गरे' भनेर हात अघि बढाइन् । उनको शारिरिक अवस्था अनि मिठो बोलि सुन्नासाथ हुलाकिको रिस एकैछिनमा मत्थर भयो र अचानक गहभरि आशु टिलपिल भयो ।
उसले पत्र थमाउदै साइन गरायो र केहि बोल्नै नसकि आफ्नो बाटो लाग्यो । बच्चिको आमा त्यस्तो अवस्थाको छोरिलाइ छोडेर पल्लो गाउको भगौडा हबल्दार सङ्ग २ साल अघि पोइला गएको रहिछे, जतिबेला उनको बुवा पैसा कमाउन मुग्लान गएका थिए। घरमा त्यो बच्चि एक्लै बस्थिन ।
बा ले हरेक महिना आफ्नो छोरिलाइ चिट्ठि पठाउने रहेछन । अनि आफु छिट्टै केहि पैसा कमाइ, बिदा मिलाएर आउने र छोरि आफु सङ्गै मुग्लानै लिएर जाने वाचा गरि छोरिको मनोबल उच्च बनाउने, हौसला र शाहश दिन एबम् अन्य जत्ति कै तिमि पनि काबिल र हिम्मतिलि छोरि हौ भनिएको हुन्थ्यो । तिमि मेरो निम्ति सान हौ, इज्जत हौ, आफु भाग्यमानी हु जसले तिमि जस्तो बुझकि र सुशिल छोरिको बा कहलिन पाएको छु । भन्ने खालको र उसको भबिस्य निर्माणको लागि प्रसस्तै राम्रा राम्रा योजना, प्रेरणाका शब्दहरु लेखि चिट्ठि पठाउने रहेछन।
हुलाकि हरेक महिना जसो उनको घरमा चिट्ठि लिएर पुग्थ्यो अनि सन्चो बिसन्चो मात्र सोधेर चिट्ठि बुझाएर फर्किन्थ्यो । सोहि क्रममा बर्सातको समयमा घुम ओढेर हुलाकि चिट्ठि लिई पुगे र सधै झै पत्र बुझाइ फर्कियो । हुलाकिको खुट्टामा जुत्तारचप्पल केहि थिएन । बनको बाटो झरिमा हिड्दा काडाले घोच्ने, जुकाले टोकेकोले होला उसको खुट्टाबाट रगत वगिरहेको थियो । चिट्ठि थमाएर हुलाकि फर्कियो । वच्चिले हुलाकिले टेकेको पैतालाको गिलो माटोको नाप लिइन अनि कापिमा सो को चित्र उतारिन। अनि बालाइ चिट्टिमा 'आउदा मलाइ यो नापको जुत्ता ल्याइदिनुस है बाबा' भनेर लेखिन। चिट्ठि पढ्ना साथ बाको आखाबाट धेरै आशु झर्यो किनकि उनको जन्मजातै खुट्टा थिएन।
बा ले यसपालि दशैमा आउन मालिकले छुट्टि नदिने भएकोले अर्को दशैमा आउछु भनेर पैसा, सरसमान, लत्ताकपडाका साथमा उनले पठाएको नाप अनुसारको जुत्ता चित्त दुख्न सक्छ भनि केहि नसोधि किनेर पठाइदिए। दशै आयो हुलाकिले आफ्नो कार्यक्षेत्र भित्र दशैमा बालिघरे प्रथा झै केहि उपहार लिने चलन रहेछ । बालि उठाउदै हुलाकी त्यो गाउमा पुगे । अनि त्यो अपाङ्गता भएको बच्चिकोमा पनि पुगेर भेट्नु पर्यो भनि पाच रुपैयाको चकलेट आफैले किनेर लगि गयो । अनि सन्चो बिसन्चो सोधेर आफु गरिब हुलाकि भएकोले दशैमा राम्रो उपहार नसके पनि काका सम्झि यो चकलेट उपहार लिनु है छोरि भनेर दियो। एकैछिन पर्खनुस है काका भनेर त्यो बच्चिले भित्रबाट उनै हुलाकिले पछिल्लो पटक ल्याइदिएको पार्सलको पोको भित्रको सामान् ल्याएर उसको हातमा थमाउदै मेरो पनि घरमा कोहि हुनुहुन्न काका । मलाइ धेरै सहयोग गर्नु भएको छ हजुरले । तसर्थ मेरो तर्फबाट यो दशैमा उपहार हजुरलाइ। भनि हातमा थमाइ दिइन।
हुलाकिले आफु बाउ उमेरको मान्छेले, त्यसमा पनि तिमि बाट म यो उपहार कसरि लिन सक्छु र, भो पर्दैन नानि भन्यो । तर उनले यो लिनु भएन भने म चित्त दुखाउछु काका भन्दै जिद्दि गरेर उपहार दिइन । घर पुगेर मात्र खोल्नुस है काका भनेर पठाइन ।
हुलाकिले घर पुगि पोको खोल्यो जहा असाध्यै राम्रो जुत्ता थियो। त्यो पनि खुट्टामा ठिक्क मिल्ने खालको । त्यो देखेर हुलाकि धेरै रोयो र भोलिपल्ट कार्यालय पुगि पोस्ट इन्चार्जलाइ मेरो काम गर्ने यरिया फेरिदिनु होला । अहिलेको भन्दा फरक ठाउ तोकिदिनुहोला भनेर अनुरोध गर्यो । पोस्ट इन्चार्जले के भो र तिमिलाइ भनेर सोध्दा उसले जवाफ दियो मेरो खालि खुट्टा देखेर एक अपाङ्गता भएको सानि बच्चिले जुत्ता उपहार दिइन । तर सर् उनको त झन् म उनको त दुबै खुट्टै छैन। म के दिन सक्छु र त्यो सब देखेर मन सार्है भत भतिएर दुखेकोले फेरि पनि त्यो देख्नु नपरोस भनेर सरुवा माग्दै धेरै रोयो । उसको कुरा सुनेर हुलाकका सबै कर्मचारिहरु स्तब्ध भए ।