(Japan) 12 th September | 2024 | Thursday | 1:46:43 AM || (Nepal) 10:31:43 PM
 
 


साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्यक्षमा सरीता ढकाल चयन

  POSTED ON : Monday, 05 August, 2024 | Views : 310

साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्यक्षमा सरीता ढकाल चयन


टोकियो, जापान ।

साहित्यिक चौतारी नेपाल जापान शाखाको तेस्रो अधिवेशनले सरिता ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार आयोजित अधिवेशनका क्रममा रचना वाचनका साथै सर्जक खेमराज ओझाको कृति “छोक्रा” को विमोचन गरिएको छ ।

टोकियोको सिनओकुबो स्थित रोयल गार्डेन रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले कार्यसमितीको अध्यक्षमा सरीता ढकाल, उपाअध्यक्ष राजविन थापा, सह-उपाअध्यक्ष (महिला) सुजाता शर्मा, सचिवमा शारदा पाण्डे, सह-सचिवत्रयमा दिपेन्द्र पोखरेल, श्याम कृष्ण लामा, खेमराज ओझा, कोषअध्यक्षमा मन कुमारी अंगाई, सह-कोषाध्यक्ष दिया शाह रहेका छन् ।

त्यस्तै गरी कार्यसमितीका सदस्यहरूमा सोविता अधिकारी, पवित्रा गिरी, सरोज धमला, गीता बस्याल, कमला पुडासैनी, गोपिनी आचार्य, तारा खनाल र पम्फा पाण्डे अंगाई गरी १७ सदस्यीय कार्यसमितीको चयन गरेको छ ।

अधिवेशनले संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष विन्दा पराजुली बराल र निवर्तमान अध्यक्ष अमरदेव बास्तोला संरक्षक रहने र त्यस्तै गरी डा. बलराम श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, अनिता गुरूङ, गृष्मा पौड्याल, धन बहादुर विड्डक, प्रकाश के।सी, सुस्मा पोखरेल खरेल र राजेन्द्र जमरकट्टेललाई सल्लाहकार समितीमा चयन गरेको नव निर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

प्रमुख अतिथी महामहिम राजदुत बिशेष कारणवस अनुपस्थित रहेता पनि कार्यक्रममा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष तथा कानुनविद् डा. बलराम श्रेष्ठ, एनआरएनए जापानका उपाध्यक्ष सिदार्थ शेष्ठ र अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष, प्रकाश केसी बिशेष अतिथीको रूपमा उपस्थित थिए ।

त्यस्तै गरी ग्लोबल फोरमका संयोजक तथा एनआरएनए जापानका सल्लाहकार धन बहादुर विक, विश्व नेपाली साहित्य महासंघ विनेसामका अध्यक्ष देवी बहादुर इङनाम, नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानका महासचिव प्रमिला राई, अनेसासका बोर्ड अफ ट्रस्टी तथा साहित्यकार गृष्मा पौड्याल, गोरखा समाज जापानका अध्यक्ष सियम भट्टाराई, नेपाली जनसम्पर्क समितीका राजेन्द्र जमरकट्टेल लगायतका अतिथीहरू रहेका थिए ।

साथमा रविन्द्र दिखुक्पा, विजय स्याङ्बो, दिया शाह, मन कुमारी अंगाई, खेमराज ओझा, सुजाता शर्मा, सरीता ढकाल लगायतको रचना वाचनले रौनकता थपेको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष अमरदेव बास्तोलाले पुरानो कार्यसमिती औपचारिक रूपमा भङ्ग भएको जानकारी गराउँदै नयाँ बन्ने कार्यसमितीको नामवली घोषणा गरिएको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष अमरदेव बास्तोलाको अध्यक्षता, सुजाता शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रम सारदा पाण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।