टोकियो, जापान ।
जापानमा रहेको सक्रिय साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको जापान शाखाले आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ ।
तीन बर्ष अघि स्थापना भएको संस्थाले रचना बाचन विशेष साहित्यिक कार्यक्रम सहित साहित्यिक चौतारी जापान शाखाको प्रथम अधिवेशन आयोजना गर्न लागेको संस्थाका अध्यक्ष अमरदेश बास्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रम आगामी अगष्ट ४ तारिख आईतबारको दिन टोकियो स्थित रोयल गार्डेन रेष्टुरेण्टको सभाहलमा आयोजना हुने भएको छ ।
संस्थाका अध्यक्ष बास्तोलाले कार्यक्रममा सबै साहित्यिक सर्जकहरु, साहित्यप्रेमी नेपालीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध सहित कार्यक्रम सफल बनाउन सहयोगका लागि सबै जापानवासी नेपालीहरुसँग अनुरोध गर्नुभएको छ ।
साहित्यिक चौतारी नेपाल जापान शाखाले जापानमा साहित्यिक कार्यक्रमहरु सहित साहित्यिक यात्रा लगायत कार्यक्रमहरु आयोजना गर्दै नेपाली साहित्यको क्षेत्रमा सक्रिय तथा नयाँ सर्जकहरुलाई परदेशमा रहेर रचना सिर्जनामा लाग्न प्रेरणा प्रदान गर्दै आएको छ ।