हो म एकदम स्वार्थि छु
जब म थकान ले लखतरान हुन्छु
त्यति बेला सम्झिन्छु
जब भोकले नसा नसा सिथिल हुन्छन
जब
निन्द्रा ले आधा जसो होस गुमेको हुन्छ,
जब काम गर्दै गर्दा पैताला झमझम हुन्छ,
अनि हातका बोनम्यारोहरु गलेर
चल्न छाडेको जस्तो हुन्छ,
जब आफ्नै जस्तो सोचेका हरुले
पिरो हुनेगरि माया देखाउछन
हो त्यतिबेला सम्जिन्छु
हो
आमा म एकदम स्वार्थि छु
जब आफ्नै आवस्यकता पुरा गर्न
कठिन भइरहदा
कसैको रहर पुरा गरिदिन नसकेर हेपिदा
तिमिलाई सम्झिन्छु
जब बध्याता, जिम्मावारी र कर्तव्यको
बोझले थिचोल्छ तब पो सम्झन्छु
अनि
सबैले आज बेस्सरि सम्झिदा
मलाई किन तिम्रो बेस्सरि याद न आएको होला है ?
मलाई त हरेक पिडा मा
हरेक दुखमा सम्झिदा जत्तिकै मात्रै सम्झना आएको छ
जुन हरेक दिनजसो आउने गर्छ
म आफै सङ्गको लडाइँमा
मेरा आफ्नै सपनाहरु सङ्गको
लडाईमा यति विक्षिप्त भएको छु कि
आज अरुले जस्तै
तिमिलाई याद गरेको देखाउन
तस्बिर पोस्टाउन सकिन
तिम्रा हरेक दुख हेर्दै हुर्केको
म अझै पनि टुलटुलती हेर्न बाहेक
केनै गरेको छु र है ?
उमेरले नेटो काट्दा पनि
उठेर बस्न नसक्ने बेला
बसेर उठ्न नसक्ने बेला पनि
मैले एक सन्तान भएर
कर्तव्य निभाउन सकिन नि है !
बुझ्छ्यौ नि है आमा तिमि मलाई ?
देख्छौ नि है मेरा दुख ?
अरुजस्तै त छैनौ नि है तिमि ?
बस म एक छोरो जस्तै छोरो बन्न सकु
मलाई आशिर्वाद देउ है
उहि तिम्रो परदेशि छोरो
...
प्रकाश चन्द
दैलेख
हाल यामानासि जापान