(Japan) 7 th June | 2026 | Sunday | 2:03:45 PM || (Nepal) 10:48:45 AM
 
 

जापानको गुन्मामा ट्रकको ठक्करबाट २१ वर्षीया नेपाली छात्रा गम्भीर घाइते, अवस्था चिन्ताजनक

  POSTED ON : Sunday, 07 June, 2026 | Views : 230

जापानको गुन्मामा ट्रकको ठक्करबाट २१ वर्षीया नेपाली छात्रा गम्भीर घाइते, अवस्था चिन्ताजनक


टोकियो, जापान ।

जापानको गुन्मा प्रिफेक्चरस्थित माएबासी सहरमा एक गम्भिर सडक दुर्घटनामा एक २१ वर्षीया नेपाली छात्रा गम्भीर घाइते भएकी छिन । ज्योति बोहोरा नाम गरेकी २१ बर्षिय नेपाली छात्रा ६ तारिख (शनिबार) बिहान, माएबासी सहरको सडक खण्डमा साइकल र ट्रक एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएकी हुन् ।

निशिकाताकाई माचि स्थित एउटा चौबाटोमा गुडिरहेको ट्रकले साइकल यात्रु ती नेपाली छात्रालाई ठक्कर दिएको हो।


दुर्घटना कसरी भयो ?

जापानी प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार घटना बिहानको करिब साढे ७ बजे भएको थियो । ४५ वर्षीय (जो इसेसकाी सहरका बासिन्दा र पेशाले कम्पनी कर्मचारी हुन्) आफ्नो कामको सिलसिलामा ट्रक लिएर कार्यक्षेत्रतर्फ जाँदै थिए। सोही समयमा बाटो काट्दै गरेकी ती नेपाली छात्रा र ट्रक एकापसमा ठोक्किएका थिए ।

दुर्घटना लगतै ट्रक चालक आफैंले आकस्मिक नम्बर ११० मा फोन गरेर प्रहरी र एम्बुलेन्सलाई खबर गरेका थिए ।

ठक्करबाट ती छात्राको टाउकोमा गम्भीर चोट लागेको छ । उद्धार टोली घटनास्थल पुग्दा उनी सुरुमा अर्ध-सचेत अवस्थामा रहे तापनि टाउकोको गम्भीर चोटका कारण हाल अस्पतालमा उनको अवस्था अत्यन्तै चिन्ताजनक (क्रिटिकल) रहेको बताइएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार घटना भएको स्थान सडक बत्ती (ट्राफिक लाइट) ईन्टरसेक्सन क्षेत्र हो। जापानका सडकहरूमा ट्राफिक लाइट नभएका यस्ता भित्री सडकका चौबाटोहरूमा (स्टप) को नियम पालना गर्नु अनिवार्य हुन्छ ।

जापानी प्रहरीले उक्त चौबाटोमा कसको लापरवाही थियो, कसले प्राथमिकता मार्गको नियम मिच्यो र दुर्घटनाको समयमा गाडी तथा साइकलको गति कति थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ । ड्राइभ रेकर्डरको भिडियो फुटेज प्रहरीले संकलन गरेर हेरिरहेको बताइएको छ 

जापानमा विशेष गरी विद्यार्थीहरूले कलेज आउजाउ गर्न वा काम (आरुबाइतो) मा जान साइकलको बढी प्रयोग गर्ने गर्छन् । जापानमा साइकललाई पनि हल्का सवारी साधन नियमहरू कडा रूपमा लागू हुन्छन् 

ट्राफिक लाइट नभएका चोकहरूस् यस्ता चोकहरूमा पुग्दा सधैं गति कम गर्ने वा रोकिने र दायाँ-बायाँ हेरेर मात्र बाटो काट्ने गर्नुपर्छ।

जापानमा अप्रिल २०२३ देखि साइकल चलाउँदा हेल्मेट लगाउनुलाई अनिवार्य (सकारात्मक प्रयास) टाउकोमा लाग्ने यस्ता गम्भीर चोटहरूबाट जोगाउन सक्छ।

साइकल बीमा जापानका धेरै प्रिफेक्चरहरूमा साइकल बीमा अनिवार्य छ। यसले दुर्घटना भएको खण्डमा आर्थिक भार कम गर्न मद्दत गर्छ।

स्थानीय नेपाली समुदाय र नेपाली दूतावासले घाइते छात्राको अवस्थाबारे बुझ्ने र उनको परिवारलाई आवश्यक सहयोग पुर्‍याउने पहल गरिरहेका छन् ।