(Japan) 4 th June | 2026 | Thursday | 12:16:50 AM || (Nepal) 9:01:50 PM
 
 

जापानमा ११ अर्ब येनभन्दा बढी मूल्यको लागूऔषध तस्करी प्रकरण : दुई नेपालीमाथि मुद्दा नचलाइने

  POSTED ON : Wednesday, 03 June, 2026 | Views : 312

जापानमा ११ अर्ब येनभन्दा बढी मूल्यको लागूऔषध तस्करी प्रकरण : दुई नेपालीमाथि मुद्दा नचलाइने


टोकियो, जापान ।

जापानमा करिब ११ अर्ब ४ करोड येन बराबरको लागूऔषध तस्करी गरेको आरोपमा पक्राउ परेका दुई नेपाली नागरिकलाई अभियोजन पक्षले मुद्दा नचलाउने निर्णय गरेको छ ।


तोयोकावा शहरमा बसोबास गर्ने ३७ वर्षीय कम्पनीमा कार्यरत एक अधिकारी र ३२ वर्षीय अस्थायी कर्मचारीमाथि गत मार्चमा संयुक्त अरब ईमिरेट्स बाट करिब २१५ किलो लागूऔषध बिक्रीका उद्देश्यले जापान ल्याएको आरोप लागेको थियो ।


तर नागोया जिल्ला सरकारी वकिल कार्यालयले संकलित प्रमाणलाई सावधानीपूर्वक मूल्यांकन गर्दा अदालतबाट उचित फैसला प्राप्त हुने आधार पर्याप्त नभएको निष्कर्ष निकाल्दै जुन २ मा उनीहरूलाई अभियोग नलगाउने निर्णय गरेको जनाएको छ ।


यही घटनामा संलग्न भनिएका ५० वर्षीय एक बेलायती नागरिकलाई भने सोही दिन लागूऔषध सम्बन्धी विशेष कानुन उल्लंघनको आरोपमा औपचारिक रूपमा मुद्दा दायर गरिएको छ ।