ओसाका, जापान ।
जापानमा एक नेपाली नागरिक बेपत्ता भएका छन् । बेपत्ता भएका नेपाली युवा रुकुमका इन्द्रलाल गौतम रहेको एनआरएनए क्षेत्रिय समिति कान्साईले जनाएको छ ।
गैरआवासीय नेपाली संघ जापान (क्षेत्रीय परिषद कान्साई) लाई प्राप्त जानकारी अनुसार पश्चिम रुकुमका इन्द्रलाल गौतम (ईश्वर गौतम) गत फेब्रुअरी २१, २०२६ देखि सम्पर्कविहीन रहनुभएको जनाइएको छ।
बेपत्ता गौतम को स्थायी ठेगाना आठबिस्कोट नगरपालिका–१४, पश्चिम रुकुम, नेपाल रहेको छ। उहाँ करिब चार वर्षदेखि जापानमा बसोबास गर्दै आउनुभएको थियो। प्राप्त विवरण अनुसार उहाँले फेब्रुअरी २१ तारिखका दिन आफ्नो बसोबास गरेको कोठा छाड्नुभएको थियो ।
परिवारजनका अनुसार उहाँले ओसाकाबाट टोकियो हुँदै नेपाल फर्किने जानकारी दिनुभएको थियो । तर त्यसपछि हालसम्म उहाँसँग कुनै पनि प्रकारको सम्पर्क हुन नसकेको हुँदा परिवार अत्यन्त चिन्तित अवस्थामा रहेको बताइएको छ।
परिषदले ओसाका, कोबे, टोकियो तथा आसपासका क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई उनको खोजिमा सहयोग र सजक रहन आग्रह गरेको छ। यदि कसैले उहाँलाई देख्नुभएको छ वा कुनै विश्वसनीय जानकारी प्राप्त गर्नुभएको छ भने तत्काल सम्बन्धित सम्पर्क व्यक्तिहरूलाई जानकारी गराइदिन हार्दिक अनुरोध गरिएको छ।
सम्पर्क विवरण :
नेपाल (परिवार सम्पर्क)
कमल गौतम – ९८१३८२०७७७
जापान सम्पर्क :
राजकुमार गौतम – ०८०-६२६४-०३७८
नवीन देवकोटा – ०७०-९२९४-३२३१
गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय परिषद कान्साईले सम्पूर्ण जापानस्थित नेपाली समुदायलाई यस सूचनालाई यथासम्भव व्यापक रूपमा सेयर गरी खोजी कार्यमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।