(Japan) 13 th March | 2026 | Friday | 9:05:33 PM || (Nepal) 5:50:33 PM
 
 


जापानमा ड्राइभिङ लाइसेन्सको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाली युवा पक्राउ

  POSTED ON : Thursday, 19 February, 2026 | Views : 748

जापानमा ड्राइभिङ लाइसेन्सको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाली युवा पक्राउ


टोकियो, जापान ।

जापानमा सवारी चालक अनुमतिपत्र ड्राइभिङ लाइसेन्स को प्रश्नपत्र सार्वजनिक आउट गरेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् ।

क्योदो समाचार संस्थाका अनुसार जापानको मियागी प्रान्तमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को लिखित परीक्षाको प्रश्नपत्र खिचेर सार्वजनिक गरेको आरोपमा एक नेपाली विद्यार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सेन्दाई शहरमा बसोबास गर्ने २५ वर्षीय नेपाली विद्यार्थी हुन् ।

उनले सन् २०२४ डिसेम्बर २५ मा सेन्दाईस्थित लाइसेन्स केन्द्रमा परीक्षाको समयमा प्रश्नपत्र खिचेर फैलाएको र प्रहरीको काममा बाधा पुर्‍याएको आरोप लगाइएको छ। यो घटना तब बाहिर आयो जब गत नोभेम्बरमा कुमामोतो प्रान्तमा अर्का एक नेपालीले परीक्षा अगाडि नै नेपाली भाषामा अनुवाद गरिएको प्रश्नपत्रको फोटो हेरिरहेको भेटिएका थिए। प्रहरीका अनुसार उक्त प्रश्नपत्रको ढाँचा मियागी प्रान्तको परीक्षासँग मिलेपछि अनुसन्धान ति विद्यार्थीतर्फ सोझिएको हो । 

पक्राउ परेका विद्यार्थीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। प्रहरीले सामाजिक सञ्जालमार्फत यी प्रश्नपत्रहरू नेपाली समुदायमा फैलिएको हुन सक्ने आशंकामा थप अनुसन्धान गरिरहेको छ ।

जापानमा यस्ता गतिविधिले नेपाली समुदायको छविमा नकारात्मक असर पार्न सक्ने देखिन्छ ।