(Japan) 14 th November | 2026 | Saturday | 8:29:47 AM || (Nepal) 5:14:47 AM
 
 


टोकियोमा भूकम्पको कडा धक्का महशुस

  POSTED ON : Saturday, 13 December, 2025 | Views : 994

टोकियोमा भूकम्पको कडा धक्का महशुस


टोकियो, जापान ।

राजधानी टोकियोको उत्तरमा शुक्रबार साँझ ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सीले सुनामीको कुनै खतरा नभएको बताएको छ ।

एजेन्सीले दक्षिणी इबाराकी प्रान्तमा साँझ ७ः०५ बजे भूकम्प गएको र जापानी स्केलमा ७ मध्ये ४ को अधिकतम तीव्रता रहेको बताएको छ। मध्य टोकियोमा यसको तीव्रता ३ म्याग्निच्युड मापन गरिएको थियो ।

यसअघि शुक्रबार बिहान ११ः४४ बजे आओमोरी प्रान्तको पूर्वी तटमा १७ किलोमिटर गहिराइमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

होक्काइदो र आओमोरीका केही भागहरूमा २० सेन्टिमिटरसम्मका सुनामी छालहरू अवलोकन गरिएको थियो। दिउँसो सुनामीको चेतावनी हटाइएको थियो ।