टोकियो, जापान ।
जापान सरकारले जापानी नागरिकता प्राप्त गर्ने नियमहरूलाई कडा बनाउने तयारी गरेको छ ।
हाल अंगिकृत नागरिकता (जापानी पासपोर्ट सहितको नागरिकता) प्राप्त गर्नको पाँच वर्षदेखि जापानमा बसेको हुनुपर्ने नियमलाई बढाएर बढि अवधि बसेको बनाउने योजना जापान सरकारको छ ।
अब बढाएर ८ देखि १० बर्ष जापान बसेको हुनुपर्ने विषय छलफलमा रहेकाले कति बनाउने भन्ने तय हुन बाँकी रहेको बताईन्छ ।
जापान सरकारले यसअघिनै आवासिय भिषामा कडाई सहित बिजनेस भिषामा समेत कडा नियम लागू गरिसकेको छ ।
बिदेशी आप्रवासीबाट शुल्क असुलिमा कडाई सहित नियम पालनामा कडा शर्तहरु लागू गरेको जापानले छिट्टै भिषा नविकरणको शुल्क समेत १० गुणा बढाउने तयारी गरिरहेको छ ।
हाल जापानमा नागरिकता लिन ५ वर्ष र स्थायी बसोबास (PR) को लागि कम्तीमा १० वर्ष बस्नुपर्ने नियम छ, जसलाई असन्तुलित मानिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले यसलाई सच्याउन माग गरेपछि सरकारले नियम परिवर्तन गर्न लागेको हो।
सरकारले अब नागरिकता प्राप्त गर्ने मापदण्डलाई स्थायी बसोबास सरह वा त्योभन्दा कडा बनाउने तयारी गरेको छ। यससम्बन्धी अन्तिम निर्णय र विदेशी नागरिकसम्बन्धी नयाँ निर्देशिका सन् २०२६ को जनवरीसम्म तयार हुने अपेक्षा गरिएको छ।