टोकियो, जापान ।
राजधानी टोकियोको आदाची वार्डमा सोमवार एक व्यक्तिले चोरी गरेको गाडी असावधानिपूर्वक चलाउँदा गम्भिर दुर्घटना गराएका छन् । गाडिले पैदल यात्रुहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
एनएचकेमा प्रशारित समाचार अनुसार अन्दाजि ८० वर्ष हाराहारीका एक पुरुषको घटनामा मृत्यु भएको छ । यसैगरि अर्का २० वर्षकी एक महिला गम्भीर घाइते भएकी छिन् जसको अचेत अवस्थामा उपचार भइरहेको बताइन्छ ।
प्रहरीले गाडी चोरी गरी दुर्घटना गराएर भागेका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । उक्त गाडी नजिकैको शोरूमबाट चोरी गरिएको डिस्प्ले भेहिकल भएको र त्यसमा लाइसेन्स प्लेट नभएको पाइएको छ ।
महानगरीय प्रहरी विभागले गाडी चोरी र 'हिट एण्ड रन' को आशंकामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।