(Japan) 23 rd October | 2026 | Friday | 8:15:29 AM || (Nepal) 5:00:29 AM
 
 


राम-लक्ष्मणको भाग्य रामकृष्ण ढकालले यसरी कोरे (भिडियो सहित)

  POSTED ON : Friday, 01 June, 2018 | Views : 3932

राम-लक्ष्मणको भाग्य रामकृष्ण ढकालले यसरी कोरे (भिडियो सहित)


टोकियो ।

नेपाली सुगम संगीतका लोकप्रिय तथा सदावहार गायक रामकृष्ण ढकालको स्वरमा नयाँ आधुनिक गीत आफ्नो भाग्य सार्वजनिक भएको छ ।

जापानलाई कर्मथलो बनाएर नेपाली गित संगितमा समर्पीत रहँदै आएका सर्जक रामकृष्ण बममल्ल र लक्ष्मण कार्कीको सांगितिक कोशेलीको रुपमा आफ्नो भाग्य सार्वजनिक भएको हो ।

रामकृष्ण ढकालको स्वरमा सजिएको गीतमा अर्का रामकृष्ण अर्थात् रामकृष्ण बममल्लले संगीत भरेका छन् भने लक्ष्मण कार्कीले शब्द रचना गरेका हुन् ।


जापानमा रहेका बिभिन्न सर्जकहरुको शब्द, रामकृष्ण बममल्लको एकल संगीतमा तयार भएको सहयात्रा एल्बममा समावेश रहेको आफ्नो भाग्य शिर्ष गीत रहेको सर्जक कार्कीले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

जापानमा एक कार्यक्रमका बिच बिमोचन गरिएको यस एल्बमका गीतहरु भिडियो सहित सार्वजनिक गर्ने क्रम जारी रहेको कार्कीको भनाई छ ।

आफ्नो भाग्य गीतको भिडियो रोशन कार्कीले निर्देशन गरेका छन् भने अभिनयमा सुरज खड्का र प्रमिला खत्रीको अभिनय रहेको छ ।

आर एस डिजिटलको प्रस्तुति रहेको यस गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


रामकृष्णबम मल्लका जापानसमाचार डटकमले समावेश गरेका केही भिडियोहरु