टोकियो, जापान ।
कोरोना भाइरसको महामारी शुरु भएदेखि जापानमा टेलिवर्क बढेसँगै सेकेन्ड ह्यान्ड स्मोकिङ बढेको छ । धुम्रपान गर्नेहरुसँग बस्ने ३० प्रतिशतभन्दा धेरैले आफू सेकेन्ड हयान्ड स्मोकिङको सम्पर्कमा आएको बताएका छन् । नेशनल क्यान्सर सेन्टर जापानले सोमबार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो ।
मार्चमा गरिएको यस सर्वेक्षणमा हजार जना धुम्रपान गर्ने अनि सोही संख्यामा धुम्रपान नगर्नेहरु समावेश गरिएको थियो । यस क्रममा धुम्रपान गर्नेहरुसँग बस्ने २५८ उत्तरदातामध्ये ३३ दशमलव ७ प्रतिशतले सेकेन्ड ह्यान्ड स्मोकको सम्पर्कमा आएको बताएका थिए ।
मानिसहरुले घरमा बढी समय बिताइरहेका छन् । यस्तामो निष्किृय धुम्रपान गर्नेहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने हो कि भन्ने चिन्ता बढेको सेन्टरका एक अनुसन्धाता किमियासु हिरानो बताउँछन् । कोभिड–१९ को गम्भीर लक्षण देखिने सम्भावना घटाउन धुम्रपान चटक्कै छोड्न वा घटाउन चाहेको सर्वेक्षणमा सहभागी २५ दशमलव ३ प्रतिशत धुम्रपानकर्ताहरुले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट नखाने भन्दा खानेहरुमा कोभिड–१० को गम्भीर खालको लक्षणहरु देखिने जोखिम धेरै छ ।
सर्वेक्षणमा सहभागी १८ प्रतिशत चुरोट सेवन गर्नेहरुले महामारी शुरु भएदेखि आफूहरुले धेरै चुरोट सेवन गरेको बताएका छन् । ११ दशमलव ४ प्रतिशतले भने यसको सेवन घटाएका छन् । आफ्नो चुरोटको लत बढेको देखेर तनाव भएको बताउनेको संख्या ४९ दशमलव ४ प्रतिशत रहेको छ । अहिले चुरोट सेवन गरिरहेका मध्ये धेरैले यसलाई छोड्न कठिन पाएको पनि हिरानोले बताए । सर्वेक्षणमा पार्क र स्टेशनहरुमा अस्थायी रुपमा सार्वजनिक धुम्रपान क्षेत्र बन्द गर्ने विषयमा पनि प्रश्न गरिएको थियो ।
दुबै समूहको कूलमध्ये ५९ दशमलव ४ प्रतिशतले इन्डोर र आउटडोर स्मोकिङ एरियामा भाइरस फैलिने सम्भावना धेरै हुनेमा सहमति जनाएका थिए । ५८ दशमलव ३ प्रतिशतले भने यस्ता स्थानहरु अस्थायी रुपमा बन्द गर्ने कुराको समर्थन गरेका थिए ।