(Japan) 27 th June | 2026 | Saturday | 1:29:33 PM || (Nepal) 10:14:33 AM
 
 

जापानले थाल्यो आफैं खोप उत्पादनको पहल

  POSTED ON : Wednesday, 02 June, 2021 | Views : 4008

जापानले थाल्यो आफैं खोप उत्पादनको पहल


टोकियो, जापान ।

जापान सरकारले घरेलु स्तरमै खोपको विकास र उत्पादन गर्ने दीर्घकालीन रणनीति अपनाएको छ । खोपको विकास र उत्पादनमा अमेरिका र यूरोपेली देशको स्तरमा आउन यस्तो नीति अपनाइएको हो ।

कोरोना भाइरसको विद्यमान महामारीमा कोभिड–१९ विरोधी खोप अभियानका लागि सरकार पूर्णतः आयातित खोपमाथि निर्भर छ । यसले घरेलु स्तरमा खोप निर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता उजागर गरेको छ । सो रणनीति मन्त्रीपरिषद् मंगलबार पारित गरेको छ । यसमा परिष्कृत अध्ययनका लागि उच्चस्तरीय अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्ने र सो लागि चाहिने रकमको जोहो रणनीतिक रुपमा नै सरकारले उपलब्ध गराउने आह्वान गरिएको छ । क्लिनिकल अध्ययनको नेटवर्क एशियामा विस्तार गरिनेछ ता कि यस क्षेत्रमा ठूला स्तरका क्लिनिकल परीक्षणहरु पनि राम्ररी गर्न सकियोस् ।

नयाँ संक्रामक रोगको महामारी देखा पर्यो भने निजी कम्पनीहरुले विकास गरेको खोप खरिदमा सरकारले विचार गर्नेछ । यस रणनीतिमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले मिलेर काम गरुन भन्ने आफ्नो चाहना भएको मन्त्री परिषद्को बैठक अगाडि प्रधानमन्त्री योशिहिदे सुगाले स्वास्थ्य हेरचाह समितिलाई बताएका थिए ।यो रणनीतिबारे बुधबार खोपसम्बन्धी हुन लागेको एका अनलाइन सम्मेलनमा विस्तारमा बताउने योजना सुगाले बनाएका छन् ।

विकासशोन्मुख देशहरुमा कोरोना भाइरसविरोधी खोपको प्रवद्र्धन गरिरहेका एक अन्तरराष्ट्रिय समूहसँग मिलेर सो सम्मेलनको सह–आयोजना जाापनले गर्दैछ ।