(Japan) 27 th June | 2026 | Saturday | 4:17:55 PM || (Nepal) 1:02:55 PM
 
 

वृद्ध संगै अन्यलाई पनि खोप लगाउन जापानले अनुमति दियो

  POSTED ON : Monday, 31 May, 2021 | Views : 4974

वृद्ध संगै अन्यलाई पनि खोप लगाउन जापानले अनुमति दियो


टोकियो, जापान ।

स्थानीय सरकारहरुलाई कोरोना भाइरस विरोधी खोप अभियानमा केही हदसम्म लचिलो बन्ने अनुमति दिइएको छ ।

नगरपालिकाहरुले जुलाईको अन्त्यसम्ममा ६५ वर्ष वो सो भन्दा बढी उमेरका मानिसहरुलाई खोप लगाएर भ्याउँछु भन्ने वाचा गरेको अवस्थामा खोप लगाउन क-कसलाई प्राथमिकता राख्ने भन्नेबारे उनीहरुलाई केही लचिलो हुन अवसर दिइनेछ । जापानको कोरोना भाइरस विरोधी खोप अभियान मन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री योशिहिदे सुगाले निर्दिष्ट गरेको समय अर्थात् जुलाई सकिनु अघि नै सबै जेष्ठ नागरिकहरुलाई खोप लगाएर भ्याउन चटारोमा अहिले देशभरका स्थानीय सरकारहरु छन् । अहिलेको लागि वृद्धवृद्धाहरुलाई नै प्राथमिकतामा राखिने भएपनि अन्य जनसंख्या समूह र विद्यालयका शिक्षक लगायतका पेशाकर्मीहरुलाई खोप लगाउनेबारे निर्णय गर्ने छूट नगरपालिकाहरुलाई दिइएको तारो कोनोले शनिबार एक वेब कार्यक्रममा भनेका थिए ।

नगरपालिका प्रमुखहरुले जेष्ठ नागरिकहरुलाई जुलाईको अन्त्यसम्म खोप लगाएर भ्याइने वाचा गरे भने उनीहरुलाई आ–आफ्नै प्राथमिकताको सूचि बनाउन दिइने कोनेले बताए । कोनोका अनुसार फुकुओका शहरमा यस्तो खालको पहल पहिला नै शुरु भइसकेको छ । मेयर सोइचिरो ताकाशिमाले हालै गरेको घोषणापछि नगरले शुक्रबारदेखि वृद्धवृद्धाहरुको हेरचाह गर्नेहरुलाई पनि खोप लगाउन शुरु गरि सकेको छ । नगरले केन्द्र सरकारको अनुरोधअनुरुप नर्सिङ होममा बस्ने वृद्धवृद्धाहरुलाई निरन्तरमा प्राथमिकतामा राखेपनि अन्य समूहलाई खोप लगाउन त्यहाँ सञ्चालनमा ल्याइएको बृहत खोप केन्द्र खुला रहने समय बढाइएको छ ।

हेरचाह गर्नेहरुलाई खोप लगाएपछि नर्सरी र किन्डरगार्टेनका कर्मचारीहरुलाई खोप लगाइनेछ छ । त्यसपछि भने विद्यालयका शिक्षकहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । सबै राम्रो भयो भने जुलाईको अन्त्यसम्ममा वृद्धवृद्धा र पेशाकर्मीहरु दुबैलाई प्राथमिकताको समूहमा राखेर खोप लगाउन भ्याइने ताकाशिमाले गत हप्ता पत्रकारहरुलाई भनेका थिए ।

६५ वर्ष वा सो भन्दा कम उमेरका मानिसहरुको खोप तालिका अगाडि ल्याउन खोप कार्यक्रम थप तीव्रताका साथ बढाइने पनि उनले बताए । गुन्माका गभर्नर इचितो यामामोतोले पनि यस्तै खालको प्रस्ताव गरेको कोनोले बताएका छन् ।