(Japan) 27 th June | 2026 | Saturday | 4:20:46 PM || (Nepal) 1:05:46 PM
 
 

जापानमा १२ वर्ष माथिकालाई फाइजरको खोप लगाउने अनुमति दिइंदै

  POSTED ON : Sunday, 30 May, 2021 | Views : 2328

जापानमा १२ वर्ष माथिकालाई फाइजरको खोप लगाउने अनुमति दिइंदै


टोकियो, जापान ।

जापान सरकारले १२ वर्ष वा सो भन्दा बढी उमेरका किशोरकिशोरीमाथि पनि अमेरिकी फर्मा कम्पनी फाइजर इंकको कोरोना भाइरस विरोधी खोपको प्रयोग विस्तार गर्ने अपेक्षा गरिएको छ । यहाँका स्वास्थ्य मन्त्री तामुरा नोरिहिसाले यस्तो बताएका हुन् ।

खोप यही महीनाको अन्त्यदेखि प्रयोग गरिनेछ । जापनमा आहिले १६ वर्ष र सो भन्दा बढी उमेरका व्यक्तिहरुलाई मात्रै फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले बनाएको सो खोप दिने अनुमति दिएको छ ।

अमेरिका र अन्यत्र भने १२ वर्ष वा सो भन्दा बढी उमेरकाहरुलाई फाइजरको खोप दिइरहेको छ । मन्त्रालयको विज्ञहरुको समितिले यस विषयमा शुक्रबार छलफल गर्ने तामुराले बताएका छन् ।

खोपको सुरक्षा र प्रभावकारिता पूष्टि भयो भने खोपसम्बन्धी निर्देशन छिटोमा मे ३१ मा पुनरावलोकन गरिने उनले बताएका छन् । सो उमेरका किशोकिशोरीहरुलाई सकेसम्म छिटै खोप लगाउन आवश्यक प्रणाली बनाउन आफूले स्थानीय सरकारहरुलाई अनुरोध गर्ने पनि नोरिहिसाले बताए