(Japan) 27 th June | 2026 | Saturday | 4:18:50 PM || (Nepal) 1:03:50 PM
 
 

‘कोरोना संक्रमित ९७ प्रतिशतमा एक वर्षसम्म एन्टिबडी’- जापानी अध्ययन

  POSTED ON : Sunday, 23 May, 2021 | Views : 2628

‘कोरोना संक्रमित ९७ प्रतिशतमा एक वर्षसम्म एन्टिबडी’- जापानी अध्ययन


टोकियो, जापान ।

कोभिड-१९ संक्रमण भएर निको भएका अधिकांश ब्यक्तिमा एक वर्षपछि सम्मपनि भाइरसको मौलिक प्रकारबाट जोगाउने एन्टिबडी हुने जापानी अध्ययनले देखाएको छ ।

योकोहामा सिटी यूनिभर्सिटीको एक अनुसन्धान टोलीले गरेको अध्ययनले ९७ प्रतिशत मानिसमा एन्टिबडी बन्ने देखाएको हो । तर मध्यम वा लक्षण नै नदेखिएका बिरामीमा भने एन्टिबडिजको स्तर निकै न्यून हुने पनि अध्ययनले देखाएको छ ।

यस्तो एन्टिबडिज संक्रामक भाइरस विरुद्धको लडाईमा पनि कम प्रभावकारी पाइएको छ । एक वर्षपछि पनि संक्रमण रोक्न पर्याप्त एन्टिबडिज भएपनि समग्र दर घटिरहेको यूनिभर्सिटी बायोस्ट्याटिष्टिकका प्राध्यापक ताकेहारु यामानाकाले भने । खोपमा पनि यस्तै हुने अनुमान गरिएकोले एक वर्ष पछि पुनः खोप लगाउनु श्रेयकर हुने उनले बताए । भाइरल इन्फेक्शन भएको बेलामा वा खोप लगाएपछि शरीरका कोषलाई संक्रमित हुन बाट रोक्ने एन्टिबडिज उत्पन्न हुन्छ ।

धेरै जसोमा एन्टिबडिज कति लामो समयसम्म रहन्छ भन्ने स्पष्ट छैन । यो खोपको दरसँग सम्बन्धित देखिएको छ । थप पत्ता लगाउन अनुसन्धान टोलीले मार्च र अप्रिलमा २१ द्येखि ७८ वर्ष बीचमा संक्रमित भएर निको भएका २५० मानिसहरुसँग सहकार्य गरेका थिए । यस क्रममा उनीहरुले संक्रमण भएको एक वर्ष पछि रगतको नमूना लिएर विश्लेषण गरेका थिए ।

सर्वेक्षणमा सहभागी सबैलाई सन् २०२० को फ़ेब्रुअरीदेखि अप्रिलको बीचमा संक्रमण भएको थियो । यी मध्ये ७२ दशमलव ८ प्रतिशतमा मध्यम लक्षण देखिएको वा कुनै पनि लक्षण देखिएको थिएन । १९ दशमलव ६ प्रतिशतमा मध्यम लक्षण देखिँदा ७ दशमलव ६ प्रतिशतमा गम्भीर लक्षण देखिएको थियो ।

विश्लेषणका क्रममा मध्यम लक्षण देखिएको वा कुनै पनि लक्षण नदेखिएका ९६ प्रतिशत मानिसहरु र मध्यम वा गम्भीर खालका लक्षण देखिएका शतप्रतिशतमा भाइरसको मौलिक प्रकारलाई तटस्थ बनाउने एन्टिबडिज पाइएको थियो । समग्रमा यो दर ९७ प्रतिशत हो । संक्रमण भएको ६ महीनापछि सबैमध्ये ९८ प्रतिशतमा यस्तो एन्ठिबडिज पाइएको थियो । अनुसन्धाताहरुले संक्रामक प्रकारको एन्टिबडिज पनि हेरेका थिए ।

मध्यम वा गम्भीर खालको लक्षण देखिएका ९० देखि ९८ प्रतिशतमा यस्तो एन्टिबडिज पाइएको थियो । मध्यम लक्षण देखिएको वा लक्षण नै नदेखिएकामा यो दर निकै न्यून थियो अर्थात् बेलायती प्रकारको लागि ७९ प्रतिशत, ब्राजिलियन प्रकारको लागि ७६ प्रतिशत, दक्षिण अफ्रिकाको लागि ६९ प्रतिशत र भारतीय प्रकार विरुद्ध ६९ प्रतिशत पाइएको छ ।

संक्रमणको बेलामा थोरै एन्टिबडिज उत्पादन भएको भएर मध्यम लक्षण देखिएको वा लक्षण नै नदेखिएका मानिसहरुमा एन्टिबडिजको उपस्थिति घटेको हुन सक्ने बताइएको छ । यसले उनीहरुमा पुनः संक्रमणको जोखिम बढाएको छ । एन्टिबडिजको उपस्थितिले संक्रमणको सम्भावना घटाउँछ ।