कोबे, जापान ।
कोबे शहरमा कोरोना भाइरस विरोधी खोपको ९६० मात्रा फयाक्नु परेको छ । खोप स्थलमा ती मात्राका खोपलाई सामान्य तापक्रममा राखेपछि प्रयोगका लागि अयोग्य ठहर गरिएको हो ।
कोबे नगरपालिकाका अधिकारीहरुको प्रत्यक्ष निगरानी बिना नै एक जना ठेकेदारले खोपलाई खोप स्थलसम्म पुर्याउँदै यस्तो गल्ती भएको हो । यी खोपहरु नष्ट गरिने बताइएको छ । नगरपालिकाका अनुसार मे ११ मा बिहान करीब १० बजेतिर डेलिभरी ठेकेदारले हिगाशिन्दा वडाको मिकागे कोकाइदो हलसमेत गरेर तीन स्थानमा कोरोना भाइरस विरोधी खोप रहेको बाकस पुर्याएका थिए ।
सो हलमा वृद्धवृद्धाहरुलाई खोप लगाइरहेको थियो । खोपलाई २ देखि ८ डिग्री तापमानमा कूल बाकसभित्र राखिनु पथ्र्यो । अनि साइटमा बिहान आएका नगरपालिकाका अधिकारीहरुले हटाएर फ्रिजरमा राख्नु पर्थ्यो । तर ठेकेदारहरुले गल्तीपूर्वक खोपलाई बाकस बाहिर राखे अनि यसलाई खोप स्थलका कर्मचारीहरुलाई दिए । अनि उनीहरुले पनि खोपलाई प्रिजरमा राखेनन् । २ घन्टा ढिला आइपुगेका नगर अधिकारीहरुले सो त्रुटी देखे । यस क्रममा प्रभावित भएका १९२ भाइल खोप ९९६० डोज०लाई नष्ट गरिनेछ ।
यसका कारण सो दिनको खोप तालिका पनि प्रभावित भएको छ । आफूहरुले मूल्यवान खोपलाई खेर फाल्न दिएको भन्दै कोबे नगर सरकारको स्वास्थ्य विभागका प्रमुख हिरोयुकी हानादाले माफी मागेका छन् । अब देखि खोपलाई सिधैं नगरका अधिकारीहरुको हातमा दिएर यो गल्ती सुधार्ने पनि उनले बताए ।