(Japan) 27 th June | 2026 | Saturday | 4:10:13 PM || (Nepal) 12:55:13 PM
 
 

जापानमा लगाइएको फाइजरको खोप नयाँ कोरोना भाइरस बिरुद्धपनि प्रभावकारी

  POSTED ON : Friday, 14 May, 2021 | Views : 3508

जापानमा लगाइएको फाइजरको खोप नयाँ कोरोना भाइरस बिरुद्धपनि प्रभावकारी


टोकियो, जापान ।

जापानमा अमेरिकी फर्मा कम्पनी फाइजर इंक र उसको जर्मन साझेदार बायोएनटेकले बनाएको कोभिड–१९ विरोधी खोप कोरोना भाइरसको संक्रामक प्रकारविरुद्ध पनि प्रभावकारी पाइएको छ ।

जापानमा फाइजरको खोप लगाएका करीब ९० प्रतिशतमा कोभिडको संक्रामक प्रकार विरुद्ध एन्टीबडिज भेटिएको विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ । अध्ययन योकोहामा सिटी यूनिभर्सिटीका अनुसन्धान टोलीले गरेका थिए । अध्ययनमा खोपको दुबै मात्रा पाएका १०५ जना मानिसहरु समावेश गरिएको थियो । अध्ययन भाइरसको सात संक्रामक प्रकारमा गरिएको थियो ।

१०५ जनामध्ये ९० देखि ९४ प्रतिशतमा बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा पाइएको भाइरसको संक्रामक प्रकार विरुद्ध एन्टी बडिज पाइयो । ९७ प्रतिशतमा भने भारतमा पहिचान भएको संक्रामक भाइरस विरोधी एन्टी बडिज भेटियो । ९९ प्रतिशतमा भने जापानमा महामारीका शुरुमा देखिएको भाइरस विरुद्ध एन्टी बडिज पाइएको पनि अध्ययनले देखाएको छ ।

जापानमा अहिले कोरोना भायरसको चौथो लहर चलिरहेको छ । तर यहाँको खोप अभियान अमेरिका, इजरायल र बेलायतको भन्दा निकै पछाडि छ । जापानमा अहिले फाइजरको खोपलाई मात्रै प्रयोगको अनुमति दिइएको छ ।