(Japan) 27 th June | 2026 | Saturday | 4:09:52 PM || (Nepal) 12:54:52 PM
 
 

टोकियो र ओसाकामा सोमबारबाट ठूला खोप केन्द्र, दैनिक १५ हजारलाई खोप

  POSTED ON : Friday, 14 May, 2021 | Views : 2686

टोकियो र ओसाकामा सोमबारबाट ठूला खोप केन्द्र, दैनिक १५ हजारलाई खोप


टोकियो, जापान ।

जापान सरकारले देशमा कोरोना भाइरस बिरुद्धको खोप अभियानलाई तिब्रता दिन सोमबारबाट ठूला खोप केन्द्र संचालनमा ल्याउने भएको छ ।

यसको लागि टोकियो, चिबा, साइतामा, खानागावा, ओसाका, क्योतो र ह्योगो प्रान्तका बासिन्दालाई लक्षित गरेर ठूला खोप केन्द्र खोल्दैछ । ६५ वा सोभन्दा माथि उमेरका व्यक्तिले टोकियो र ओसाका प्रान्तको सामूहिक खोप केन्द्रहरुमा खोप लिन सक्ने रक्षा मन्त्रालयले बताएको छ ।

खोप केन्द्रहरु मे २४ तारिखबाट आत्मरक्षा बलद्वारा संचालित हुने भएको छ ।

रिजर्भेसनहरू सोमबारबाट अनलाइनमा गर्न सकिन्छ । देशभरका स्थानीय सरकारहरूले त्यस्ता आम खोप स्थलहरू स्थापना गर्नेबारे विचार गरिरहेकाले केन्द्रीय सरकारको नेतृत्वमा भएको पहल एक नमूनाको रुपमा हेरिएको छ ।

मन्त्रालयका अनुसार आरक्षणहरू मन्त्रालयको वेबसाइटमा र निःशुल्क मेसेजिंग एप लाइन मार्फत मात्र स्वीकार गरिने छ । व्यक्तिले टेलिफोनबाट रिजर्भ गराउन सक्नेछैनन् ।

खोप केन्द्र बिहान ८ बजेबाट रात ८ बजेसम्म खुल्नेछ । साप्ताहिक बिदा र सार्वजनिक छुट्टीहरूमा पनि खोप कार्यक्रम संचालन हुनेछ ।

खोप लगाउन रिजर्भ गर्नको लागि बासिन्दाहरूले तिनीहरूको नगरपालिकाबाट खोप भौचर ल्याउनुपर्नेछ । आफ्नो नगरपालिकाबाट यसअघि एक मात्रा खोप लगाईसकेकाहरुले भने नगरपालिकामै जानुपर्नेछ ।

सरकारले मोर्डर्ना इंकको खोपलाई यि खोप केन्द्रमा प्रयोग गर्ने योजना बनाएको छ । एसडीएफ र निजी क्षेत्रका नर्सहरु सहित मेडिकल अफिसरहरु र नर्सहरु सहित करीव २९० मेडिकल कर्मी टोकियो खोप केन्द्रमा रहनेछन् । करिव १९० जनाले ओसाका खोप केन्द्रमा दैनिक सेवा गर्नेछन् ।

सरकारी टोलीले टोकियो साइटमा एक दिनमा १०,००० र ओसाका एकदिनमा लगभग ५ हजार व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेको छ।

वृद्धहरूका लागि शौचालय अवरोध मुक्त बनाउने काम टोकियोको बुढ्यौली भवनमा सञ्चालन भइरहेको छ जहाँ खोपहरू ओतेमाची सरकारी भवन नं ३ मा दिइनेछ ।

लगभग ९० लाख ६५ बर्ष माथिका बासिन्दाहरूलाई टोकियो, चीबा, साइतामा र खानागावा क्षेत्रमा बसोबास गर्छन् । जसमा टोकियोमा करिव एक तीहाई संख्या रहेको छ ।

तीन महिनाको अवधिमा टोकियो खोप केन्द्रबाट ९ लाख व्यक्तिहरुलाई खोप लगाउन सकिने ठानिएको छ । त्यसैले खोप कार्यक्रमलाई व्यापकता प्रदान गर्न सरकारले यस्तै ठूला खोपकेन्द्रहरु खोल्न देशभरका स्थानिय सरकारहरुलाई पत्राचार गर्दै आवश्यक सहयोग गर्ने बताइसकेको छ ।