(Japan) 27 th June | 2026 | Saturday | 4:10:48 PM || (Nepal) 12:55:48 PM
 
 

जापानले १२ देशी १५ बर्ष उमेरकालाई पनि कोरोनाको खोप लगाउने

  POSTED ON : Thursday, 13 May, 2021 | Views : 2620

जापानले १२ देशी १५ बर्ष उमेरकालाई पनि कोरोनाको खोप लगाउने


टोकियो, जापान ।

जापानले १२ वर्ष देखि १५ वर्षबीचका किशोरकिशोरीहरुलाई पनि कोरोना भाइरस विरोधी खोप लगाउने तयारी गरिरहेको छ । युवाहरुमा संक्रमण बढिरहेकै बेलामा सरकारले यस्तो व्यवस्था गर्न लागेको सरकारका शीर्ष प्रवक्ताले मंगलबार बताएका हुन् ।

अहिले जापानमा अमेरिकी फर्मा कम्पनी फाइजर इंक र उसको जर्मन साझेदार बायोएनटेकले बनाएको खोपलाई मात्रै प्रयोगको अनुमति दिइएको छ । यो खोप पनि १६ वर्ष र सो भन्दा बढी उमेरका मानिसहरुलाई मात्रै लगाइएको छ । फाइजरले जापानको खोप नियामक एकाई फर्मास्युटिकल्स एण्ड मेडिकल डिभाइस एजेन्सीसँग बालबालिकाहरुमा पनि यसको प्रयोग विस्तार गर्नेबारे वार्ता गरिरहेको मन्त्री परिषद्का मुख्य सचिव खाचुनोबु कातोले पत्रकार सम्मेलनमा भनेका थिए ।

किशोरकिशोरहरुमा खोप प्रयोगको प्रभावकारिता र सुरक्षा पूष्टि भयो भने १६ वर्ष मुनिकाहरुलाई पनि खोप लगाउन सकिने कातोले बताएका छन् । देशमा कोरोना भाइरसको अति नै संक्रामक प्रकार फैलिरहेको अवस्थामा संक्रमणको जोखिम उल्लेख्य रुपमा कम गर्न १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरुलाई पनि खोप लगाउनु लाभदायक हुने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका थिए ।

वयस्कहरुले झैं उनीहरुले पनि निःशुल्क खोप लगाउन पाउँछन् कि भन्ने योजनाको विवरण र गम्भीर प्रभव देखिएमा सोको क्षतिपूर्ति गर्ने कि नगर्ने भन्नेबारे सरकारले थप छलफल गर्नु पर्ने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बताएको छ ।

अमेरिकामा सोमबार त्यहाँको खाद्य तथा औषधि नियामकले फाइजरको खोपलाई १२ देखि १५ वर्ष उमेरबीचका बालबालिकाहरुमा पनि प्रयोगको अनुमति दिएको छ । उनीमाथि गरिएको क्लिनिकल अध्ययनका क्रममा खोप शतप्रतिशत प्रभावकारी भएको पाइयो । स्वास्थ्य मन्त्रालयले पर्याप्त डेटा संकलन गरेको निर्णय गयो भने खोपलाई देशभित्र छुट्टै क्लिनिकल परीक्षण नगरी नै बालबालिकाहरुमा विस्तार गर्ने अपेक्षा गरिएको छ ।