(Japan) 27 th June | 2026 | Saturday | 4:11:05 PM || (Nepal) 12:56:05 PM
 
 

जापानमा उत्पादित कोरोना बिरुद्धको खोप र औषधी छिट्टै आउँदै

  POSTED ON : Wednesday, 12 May, 2021 | Views : 3098

जापानमा उत्पादित कोरोना बिरुद्धको खोप र औषधी छिट्टै आउँदै


टोकियो, जापान ।

जापानमा यस बर्षको अन्त्यसम्ममा देशभित्रै उत्पादित कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा ल्याउने तयारी गरिएको छ ।

यसको लागि जापानको खोप निर्माता कम्पनी शिओनोगी एण्ड कम्पनीले खोप निर्माणको कामलाई तिब्रता दिएको जनाएको छ ।

कम्पनीका अध्यक्ष इसाओ तेसिरोगीले सन् २०२१ को अन्तसम्ममा कोभिड १९ बिरूद्ध खोप आपूर्ति सुरु गर्ने अपेक्षा गरेको बताएका छन् ।

सम्भवत यो नै पहिलो कोरोना बिरुद्धको खोप पूर्ण रुपमा जापानमा उत्पादित हुनेछ । क्लिनिकल परीक्षण जापानमा डिसेम्बरमा शुरू भएको छ ।

बृहत्तर उत्पादनको तयारी सहज रूपमा भइरहेको र सकेसम्म चाँडो उत्पादन उपलब्ध गराउन सक्दो कोशिश गर्ने अध्यक्ष तेसिरोगीले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यो खोपलाई अनुमोदन गरे कम्पनीले यस बर्षको अन्त्यसम्ममा १० करोड भन्दा बढी व्यक्तिको लागि ठूलो मात्रामा उत्पादन गर्न सक्ने ठानिएको छ ।

'कम्पनीले कोभिड-१९ बिरामीलाई उपचार गर्न औषधिको विकासमा पनि काम गरिरहेको छ । हामी चाँडै नै शुभ समाचार सार्वजनिक गर्न सक्षम हुनेछौं' तेशिरोगीले भनेका छन् ।