टोकियो, जापान ।
अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको कोरोना भाइरस प्रतिरोधी खोपको जापानमा क्लिनिकल परीक्षण थालिएको छ ।
जापानमा खोप आपुर्ति गर्ने सम्झौता गरेको मोडर्नाको खोपको जनवरी २१ तारिखबाट क्लिनिकल परीक्षण थालिएको हो ।
२ करोड नागरिकको लागि यसै बर्षको मध्यसम्ममा खोप खापुर्ती गर्ने सम्झौता गरेको मोडर्नाले आफ्नो खोप स्विकृत भएमा थप ५० लाख व्यक्तिको लागि सेप्टेम्बरसम्ममा खोप आपुर्ती गर्नेछ ।
जापानमा खोप प्रयोगको स्विकृतिको लागि आवेदन दिएसँगै मोडर्नाको खोपको क्लिनिकल परीक्षण थालिएको हो ।
सुरुवातमा २ सय जना महिला र पुरुषमा खोप लगाएर परीक्षण थालिएको छ । खोप लगाएका सबैको उमेर २० बर्षभन्दा माथि रहेको बताईएको छ ।
अमेरिकामा यसअघिनै आपतकालिन प्रयोगको स्विृकती पाएर प्रयोगमा रहेको मोडर्नाको भ्याक्सिन सहित बेलायती अष्ट्राजेनेका र अमेरिकी पिफाईजार कम्पनीको भ्याक्सिन पनि जापानमा परीक्षणमा रहेको छ ।
यस मध्ये फाईजर ईंक कम्पनीको भ्याक्सिनले भने फेब्रुवरी १५ मा आम प्रयोगको लागि स्विकृत पाउने भएको खवर सार्वजनिक भएको छ ।